१५ चैत्र २०८२, आइतबार | March 29, 2026

सरकारसँग सम्बन्ध सुधार्दै अधिवेशन अन्त्य



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको ३० दिनपछि संघीय संसद्को अधिवेशन अन्त्य भएको छ । अधिवेशन अन्त्य भए पनि संसद्ले गर्नुपर्ने धेरै काम बाँकी नै छन् । संसद्मा रहेका थुप्रै विधेयक सरकारले कसरी अघि बढाउने भन्ने अनिश्चित बनेको छ । कतिपय विधेयक तुरुन्तै पारित गर्नुपर्ने छन् ।

डेढ वर्षदेखि संसद्मा थन्किएका ५५ विधेयक सरकारले पहल नगरेसम्म अघि बढ्दैनन् । यति बेला राष्ट्रियसभामा १२ विधेयक र प्रतिनिधिसभामा ४३ विधेयक छन् । यस अधिवेशनमा राष्ट्रियसभाबाट पारित भएर ७ विधेयक प्रतिनिधिसभामा आएका छन् । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा पुनःस्थापना गरेपछि साउन ३ गते सुरु भएको संघीय संसद्को अधिवेशनअन्तर्गत सोमबारसम्म प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका १३ बैठक बसेका थिए ।

विधेयक अघि बढाउन नसके पनि सांसदले उठाएका जनसरोकारका विषय तथा प्रधानमन्त्री र मन्त्रीबाट राष्ट्रिय महत्वका विषयमा व्यक्त मन्तव्यका कारण यसपटकको अधिवेशन महत्वपूर्ण रहेको सत्तारुढ दलका नेताहरूको भनाइ छ । कांग्रेसकी सचेतक पुष्पा भुसालले यसपटक संसद्ले धेरै काम गरेको बताइन् । उनले भनिन्, ‘सर्वप्रथम प्रधानमन्त्रीले संसद्लाई महत्व दिनुभयो । अघिल्ला प्रधानमन्त्री केपी ओलीका कारण ट्र्याक छाडेर बाहिर गएको अवस्थालाई ट्र्याकमा ल्याउने काम भयो । यसका साथै संसद्मा विभिन्न प्रतिवेदन पनि पेस भएका छन् ।’ उनले संसद्लाई बिजनेस दिन सरकारले केही तयारी गर्नुपर्ने भएका कारण सो समयसम्मका लागि संसद् अधिवेशन अन्त्य भएको जानकारी पाएको बताइन् । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ७ : ०२ बजे

पूर्वमन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

काठमाडौं । पूर्व उर्जामन्त्री एवं कांग्रेस नेता दीपक खड्का पक्राउ

कालीगण्डकीमा ‘र्‍याफ्टिङ’ सञ्चालन

म्याग्दी । पोखराका पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटकलाई लक्षित गरी कालीगण्डकी

अध्यक्ष ओलीको रिहाइ माग्दै एमालेद्वारा ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाइँदै

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी अध्यक्ष केपी

सांस्कृतिक सङ्ग्रहालय भवन निर्माण अन्तिम चरणमा

तेह्रथुम । जिल्लाको फेदाप गाउँपालिका-१ मा पोक्लाबाङ सांस्कृतिक सङ्ग्रहालय भवन

अबरुद्ध बिपी राजमार्गमा बिहानदेखि यातायात सञ्चालनमा

काभ्रेपलाञ्चोक । शुक्रबार साँझको वर्षापछि रोशी खोलामा आएको बाढीका कारण