१२ कार्तिक २०८३, बिहिबार | October 29, 2026

सरकारसँग सम्बन्ध सुधार्दै अधिवेशन अन्त्य



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेको ३० दिनपछि संघीय संसद्को अधिवेशन अन्त्य भएको छ । अधिवेशन अन्त्य भए पनि संसद्ले गर्नुपर्ने धेरै काम बाँकी नै छन् । संसद्मा रहेका थुप्रै विधेयक सरकारले कसरी अघि बढाउने भन्ने अनिश्चित बनेको छ । कतिपय विधेयक तुरुन्तै पारित गर्नुपर्ने छन् ।

डेढ वर्षदेखि संसद्मा थन्किएका ५५ विधेयक सरकारले पहल नगरेसम्म अघि बढ्दैनन् । यति बेला राष्ट्रियसभामा १२ विधेयक र प्रतिनिधिसभामा ४३ विधेयक छन् । यस अधिवेशनमा राष्ट्रियसभाबाट पारित भएर ७ विधेयक प्रतिनिधिसभामा आएका छन् । सर्वोच्च अदालतले दोस्रो पटक प्रतिनिधिसभा पुनःस्थापना गरेपछि साउन ३ गते सुरु भएको संघीय संसद्को अधिवेशनअन्तर्गत सोमबारसम्म प्रतिनिधिसभाका १० र राष्ट्रियसभाका १३ बैठक बसेका थिए ।

विधेयक अघि बढाउन नसके पनि सांसदले उठाएका जनसरोकारका विषय तथा प्रधानमन्त्री र मन्त्रीबाट राष्ट्रिय महत्वका विषयमा व्यक्त मन्तव्यका कारण यसपटकको अधिवेशन महत्वपूर्ण रहेको सत्तारुढ दलका नेताहरूको भनाइ छ । कांग्रेसकी सचेतक पुष्पा भुसालले यसपटक संसद्ले धेरै काम गरेको बताइन् । उनले भनिन्, ‘सर्वप्रथम प्रधानमन्त्रीले संसद्लाई महत्व दिनुभयो । अघिल्ला प्रधानमन्त्री केपी ओलीका कारण ट्र्याक छाडेर बाहिर गएको अवस्थालाई ट्र्याकमा ल्याउने काम भयो । यसका साथै संसद्मा विभिन्न प्रतिवेदन पनि पेस भएका छन् ।’ उनले संसद्लाई बिजनेस दिन सरकारले केही तयारी गर्नुपर्ने भएका कारण सो समयसम्मका लागि संसद् अधिवेशन अन्त्य भएको जानकारी पाएको बताइन् । यो समाचार आजको नागरिक दैनिकमा ईश्वरी सुवेदीले लेखेका छन ।

प्रकाशित मिति : १ भदौ २०७८, मंगलबार  ७ : ०२ बजे

जावलाखेलमा गोदावरी फूलको प्रदर्शनी

काठमाडौं । ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी सुरु

हुम्ला-सुर्खेत सडक जीर्ण

हुम्ला । हुम्ला–सुर्खेत सडक जीर्ण हुँदा यात्रीलाई सास्ती भएको छ

एनपीएल जनकपुरविरुद्ध काठमाण्डु टस जितेर ब्याटिङमा

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्रतियोगिताअन्तर्गत

चक्रवात ‘अर्नब’को प्रभाव : भारतको आन्ध्र प्रदेशमा पाँच जनाको मृत्यु, हजारौँ विद्युत् पोल ढले

काठमाडौं । समुद्री चक्रवात ‘अर्नब’का कारण भारतको आन्ध्र प्रदेशमा पाँच

मस्तिष्कघातबाट ५० हजारभन्दा बढी प्रभावित

काठमाडौं । मुलुकमा प्रत्येक वर्ष मस्तिष्कघातबाट ५० हजारभन्दा बढी मानिस