२ पुस २०८२, बुधबार | December 17, 2025

अध्यादेश गलत अभ्यासको निरन्तरता



काठमाडौं । संसद्मा रहेका दुई ठूला दल नेकपा एमाले र जनता समाजवादी पार्टीका नेताहरूलाई सहज हुनेगरी सरकारले राजनीतिक दलसम्बन्धी ऐन २०७३ संशोधन गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

एमालेमा देखिएको विवाद र जसपाको महन्थ ठाकुर पक्षलाई परेको अप्ठेरो फुकाउने गरी सरकारले अध्यादेश ल्याउन लागेको हो । मंगलबार मन्त्रिपरिषद्बाट पारित अध्यादेश राष्ट्रपति निवास पुगेको भए पनि जारी भइसकेको छैन । अध्यादेश ल्याउने सरकारको संवैधानिक अधिकार भएकाले नरोकिने राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

मंगलबार प्रदेश २ का प्रमुख हरिशंकर मिश्रको शपथग्रहण समारोहमा उपस्थित हुने बेला राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच अध्यादेशबारे कुराकानी भएको थियो । राष्ट्रपतिको कार्यालयमा अध्यादेश साँझ पुगेकाले मंगलबार जारी हुन नसकेको जनाइएको छ ।

सरकारले अध्यादेश सिफारिस गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पनि पूर्ववर्ती केपी शर्मा ओली सरकारका गलत कामलाई निरन्तरता दिने बाटोमा लागेको टिप्पणी भएको छ । संसद् अधिवेशन अन्त्य भएको २४ घन्टा नहुँदै ल्याइएको यो अध्यादेश सर्वोच्च अदालतको संवैधानिक इजलासले दुई महिनाअघि दिएको आदेशविपरीत छ । प्रतिनिधिसभा विघटनको भोलिपल्ट गत जेठ ९ गते ओली सरकारले नागरिकता अध्यादेश ल्याउँदा सर्वोच्चले कार्यान्वयनमा रोक लगाएको थियो । संविधानको सीमा मिच्नेगरी अध्यादेश ल्याउनु उचित नहुने सर्वोच्चको आदेश थियो ।

ओलीले जेठ ८ मा प्रतिनिधिसभा विघटन गरेका थिए । उनले त्यसको भोलिपल्ट नागरिकता अध्यादेश जारी गराएका थिए । त्यसविरुद्ध परेको मुद्दामा संवैधानिक इजलासले भनेको थियो, ‘अघिल्लो दिन प्रतिनिधिसभा विघटन भएको र लगत्तै भोलिपल्ट अध्यादेश जारी गरिएको देखिँदा यस प्रकारको अभ्यासलाई सहज, सामान्य वा नियमित अभ्यासको रूपमा लिइयो भने संविधानद्वारा प्रदत्त विधायिकाको अधिकार वा कार्यक्षेत्रमा हस्तक्षेप हुनपुग्ने र शक्तिपृथकीकरणको सिद्धान्त अनुकूल व्यवस्थित संविधानका प्रावधानहरूको प्रयोग वा कार्यान्वयनमा अनुचित असर पर्न जाने हुन्छ ।’ तर सरकारले यसलाई बेवास्ता गरिदियो । आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : २ भदौ २०७८, बुधबार  ७ : २१ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल