७ श्रावण २०८३, बिहिबार | July 24, 2026

त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या घट्दै



काठमाडौं । त्रिभुवन विश्वविद्यालयको सम्बन्धन प्राप्त क्याम्पस संख्या घटेको छ । यसअघि त्रिविको सम्बन्धन प्राप्त क्याम्पसको संख्या १ हजार ८५ रहेकोमा हाल घटेर १ हजार ६० मा झरेको छ ।

त्रिविको सम्बन्धन प्राप्त २५ सामुदायिक क्याम्पसमध्ये १५ वटा सुदूरपश्चिम र १० वटा मध्यपश्चिम विश्वविद्यालयमा गाभिएपछि त्रिविसँग सम्बन्धन लिने क्याम्पसको संख्या घटेको हो ।

करिब ८० प्रतिशत विद्यार्थी ओगटेको त्रिविले सम्बन्धन धान्न नसक्ने भएपछि सामुदायिक क्याम्पसहरू धमाधम विभिन्न विश्वविद्यालयमा गाभिन थालेका छन् ।

त्रिविका योजना निर्देशनालय प्रमुख निर्देशक डा। ऋदिश पोखरेलले लामो समयको प्रयासपछि २५ सामुदायिक क्याम्पसहरु दुई विश्वविद्यालयमा गाभिएको बताए । उनले अन्य विश्वविद्यालयमा गाभिएका यी २५ वटा क्याम्पसको सम्बन्धन त्रिविले खारेज गरेको बताए । उनले भने- ‘केही समयसम्म विद्यार्थीले त्रिविको सम्बन्धन नछाड्ने अडान लिएका थिए । उनीहरूको शैक्षिकसत्र त्रिविबाटै पूरा भएपछि दुई विश्वविद्यालयले ती क्याम्पसकोे जिम्मा लिएको हो ।’

उनका अनुसार सबैभन्दा कान्छो कैलाली बहुमुखी क्याम्पसले सुदूरपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा परिचय बनाएको छ । दुई विश्वविद्यालयले सम्बन्धन दिएका क्याम्पस अब आंगिक हुनेछन् ।

सामुदायिक क्याम्पसको नाममा त्रिविबाट सम्बन्धन लिएर सञ्चालनमा आएका क्याम्पस अर्को विश्वविद्यालयमा गाभिएपछि ती क्याम्पस आंगिक भएका हुन् । अब शिक्षक, कर्मचारीलगायत सबै संरचना गाभिएका विश्वविद्यालयकै हुनेछ । आजको नेपाल समाचारपत्र दैनिकमा ईश्वरराज ढकालले यो समाचार लेखेका छन ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ७ : ०३ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा, कालो बजारीको रकम फिर्ता गराइयो

सुर्खेत । सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

तिलोत्तमाबाट ठुलो परिमाणको ब्राउनसुगर सहित १ जना पक्राउ

बुटवल । रुपन्देहीको तिलोत्तमा नगरपालिका ९ मंगलापुरबाट ठुलो परिमाणको लागुऔषध

अन्दाज र परीक्षणको भरमा राज्य सञ्चालन गरिए देश ठप्प अवस्थातर्फ उन्मुख हुन सक्छ : राजेश हमाल

काठमाडौं । अभिनेता राजेश हमालले राजनीतिक भविश्यबाणी गर्दै ‘देश ठप्प

बाँकेमा वाम दलहरुले संयुक्तरुपमा मनाए पुष्पलाल स्मृति दिवस

नेपालगन्ज । बाँकेमा क्रियाशील वाम दलहरुले संयुक्तरुपमा नेपाल कम्युनिस्ट पार्टीका

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी