१ पुस २०८२, मंगलबार | December 16, 2025

काठमाडौं उपत्यकामा आजदेखि ‘प्लस टु’का विद्यार्थी र ४० वर्ष माथिकालाई भेरोसेल खोप लगाइदै



काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई पनि कोरोना भाइरसविरुद्धको भेरोसेल खोप लगाउने भएको छ ।

काठमाडौं महानगरपालिकाले सूचना जारी गरी १८ वर्ष पुगेका कक्षा ११ र १२ का विद्यार्थीलाई खोप लगाउन अनुरोध गरेको छ । उनीहरुलाई भेरोसेलको पहिलो डोज लगाइने भएको छ ।

कक्षा ११ र १२ का विद्यार्थीलाई विद्यार्थी परिचयपत्रका आधारमा खोप लगाइनेछ । त्यस्तै, विश्वविद्यालय तहको परीक्षाको प्रवेश पत्रका आधारमा पनि १८ वर्षभन्दा माथिका विद्यार्थीलाई खोप लगाइने महानगरले जनाएको छ ।

भेरोसेल खोप १८ वर्षभन्दा माथिका विद्यार्थीले मात्रै लगाउन मिल्छ । १८ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सरकारले फाइजरको खोप खरीद गर्न लागेको छ ।

यससँगै काठमाडौं महानगरपालिकाले ४० वर्षभन्दा माथिका नागरिकलाई पनि भेरोसेलको पहिलो डोज लगाउने भएको छ । खोप लगाउन ३२ वटै वडामा खोप केन्द्र तोकिएको छ ।

यसका लागि भदौ ४, ५ र ८ गते खोप कार्यक्रम सञ्चालन हुनेछ । विहान १० देखि साँझ ५ बजेसम्म खोप लगाइने भएको छ । प्रत्येक वडामा तोकिएका खोप केन्द्रबाहेक थप खोप केन्द्रको व्यवस्था गरिएको महानगरले जनाएको छ ।

जसअनुसार, सामाखुशीको राधास्वामी आइसोलेसन सेन्टर, बलम्बुको सशस्त्र प्रहरी बल अस्पताल, रत्नपार्कको वीर अस्पताल, महाराजगञ्जको शिक्षण अस्पताल, बानेश्वरको निजामती कर्मचारी (सिभिल) अस्पताल, थापाथलीको परोपकार प्रसूती तथा स्त्री रोग अस्पताल, महाराजगञ्जको नेपाल प्रहरी अस्पताल र छाउनीको वीरेन्द्र सैनिक अस्पतालमा खोप लगाउन सकिनेछ ।

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  ७ : २५ बजे

रुंदै बाहिरिएको भनिएका प्रदीप ज्ञवालीले मागे ओली प्यानलका लागि मत

काठमाडौँ । महासचिव पदमा अध्यक्ष केपी ओलीले टिममा समावेश नगरेपछि

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज