२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

धार्मिक शहिदहरुको सम्झना गर्दै सकियो माहेर्रम पर्व



नेपालगञ्ज । धर्मरक्षाका लागि शहिद भएका ईमाम हुसेन र ईमाम हसनको सम्झनामा मनाईने मुस्लिम समुदायको महत्वपूर्ण पर्व मोहर्रम पर्व आज सम्पन्न भएको छ । शहिदहरुको सम्झनामा १० दिन सम्म मनाईने मोर्रम पर्व आज बिधि पूर्वक ताजिया विसर्जन गरेर समापन गरिएको हो । ईराकको करवलाको धार्मिक युद्धमा बिभिन्न षड्यन्त्र गरेर हत्या गरिएका इमाम हुसेन र इमाम हसनलगायतको धार्मिक शहिदको सम्झनामा मुस्लिम समुदायमा मोहर्रम पर्व मनाउने गर्दछन् ।

मोहर्रम ईस्लामिक पात्रो अनुसार हिजरीको पहिलो महिना मनाईने गरिन्छ । नयाँ वर्षको १ तारिकदेखि १० तारिकसम्म घरघरमा ताजिया सजाएर ताजियाका अगाडि आफु पनि धर्म रक्षाका लागि शहिद बन्न (कुर्बानी गर्न) तयार रहेको कसम खाँदै यो पर्व मनाउने गरिन्छ । १० दिन सम्म बिधि पूर्वक ठेला मिलान, ढोल मिलान, झण्डा मिलान, मेहन्दी मिलान, आगो र जञ्जीरको मातम जस्ता कार्यक्रमहरु मोरैममा हुने गर्दछन् । विगतका वर्षहरुमा धुधामका साथ मनाईने यो पर्व अघिल्लो वर्षहरुबाट भने समान्य औपचारिक कार्यक्रम गरेर मनाईएको छ । कोरोना महामारीका कारण स्वास्थ्य सुरक्षा अपनाउन विशेष कार्यक्रम नगरिएको मुस्लिम अगुवा मेराज अहमद हिमालयले बताए ।

ईराकको धार्मिक युद्धमा हत्या गरिएका धार्मिक शहिदहरुको सम्झनामा तयार गरिएका बिभिन्न प्रकारका ताजिया बिहीबार साँझ घरमा स्थापना गरी शुक्रवार साँझ ३ बजेपछि नजिकको कर्बलामा लगेर सेलाएपछि मोहर्रमको समापनभएको उनले बताए ।

बिगतका वर्षमा मुस्लिम समुदायको बाहुल्यता भएको नेपालगन्ज लगायतका क्षेत्रमा पुरै शहर झमिझकाउ बनाएर मनाईने गरेपनि यस वर्ष पनि कोरोना संक्रमणको त्रासका कारण झकि झकाउ समान्य तरिकाले माहर्रम सम्पन्न भएको छ । यद्देपी ताजिया सेलाउन निस्केको समुदयले नेपालगन्जको बजारी क्षेत्र आज भरिभराउ भएको थियो ।

 

प्रकाशित मिति : ४ भदौ २०७८, शुक्रबार  १० : २३ बजे

सरकारले पूर्वाग्रह र प्रतिशोधपूर्ण गिरफ्तारी गरे, प्रमाण नपुगेपछि म रिहा भए : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

हिन्द महासागर सम्मेलनमा सहभागी हुन परराष्ट्रमन्त्री मरिसस जाँदै

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री एस जयशङ्करको निमन्त्रणामा

‘लाइसेन्स’ छपाइ तीव्र गतिमा

काठमाडौं । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइ तीव्र गतिमा जारी

पूर्वगृहमन्त्री रमेश लेखक हाजिर जमानतमा रिहा

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखक नेपाल

१३ दिनपछि रिहा भए ओली, प्रहरीले अस्पतालबाटै लगायो आफन्तको जिम्मा

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली