२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

६ वटा प्रदेशले पायो माओवादी केन्द्रका ६ नयाँ इन्चार्ज



काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेश इन्चार्जहरुको हेरफेर गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले ६ वटा प्रदेशमा इन्चार्जहरूको हेरफेर गरेको हो । यस अघि रहेका इन्चार्जहरु मध्य कोही सरकारमा सहभागी भएको र केही एमाले प्रवेश गरेका कारण जिम्मेवारीमा नयाँ नेतृत्व चयन तथा हेरफेर गरिएको मओवादी केन्द्रले जनाएको छ ।

बैठकले प्रदेश २ मा गणेश साह, बागमतीमा हितमान शाक्य, गण्डकीमा हितराज पाण्डेलाई इन्चार्ज तोकेको छ । त्यसैगरि बैठकले कर्णालीको इन्चार्ज शक्ति बस्नेत, लुम्बिनीमा चक्रपाणी शर्र्मा र सुदूरपश्चिममा खगराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिइएको छ । माओवादी केन्द्रका प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार प्रदेश १ को इन्चार्जमा सुरेन्द्र कार्की र सावित्री काफ्लेमध्ये एक जनालाई प्रदेश १ को इन्चार्ज बनाइने विषयमा छलफल भएपनि टुङ्गो लागेको छैन ।

बैठकले छरिएर रहेका कम्युनिष्ट घटकहरुसँग सम्बाद गर्ने र एकठाँउमा ल्याउने प्रयत्न गर्ने पनि निर्णय गरेको प्रवक्ता श्रेष्ठले बताए ।

 

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  ८ : ३७ बजे

संघीय संसद्का दुवै सदनको अधिवेशन अन्त्य

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन

रोकियो उद्योग वाणिज्य महासङ्घको ६०औँ साधारण सभा र चुनाव

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घको साधारण सभा र चुनाव

राष्ट्र सेवामा समर्पित हुनुस् : प्रधानमन्त्री शाह

भक्तपुर । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली सेनाका नवआयुक्त अधिकृतहरूलाई कर्तव्यनिष्ठ,

पूर्वसभामुख महरासहित २८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट

प्रधानमन्त्री शाहले गरे श्रममन्त्री साहलाई पदमुक्त

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले श्रम, रोजगार तथा सामाजिक