२३ भदौ २०८३, मंगलबार | September 9, 2026

बुटवलमा चोरी भएको मोटरसाईकल पाल्पाको अर्गलीमा फेला, चोरी गर्ने व्यक्ति प्रहरीलाई ढाँटेर फरार



बुटवल । बटौली बेकरी क्याफेको पार्किङबाट चोरी भएको मोटरसाइकल चोरी गर्ने मुख्य व्यक्तिलाई प्रहरीले कारवाही नगरि छाडिदिएको छ ।

पाल्पाको अर्गलीमा चोर सहित फेला परेको मोटरसाईकल सवारी धनीलाई बुझाएपनि प्रहरीले चोरी गर्ने युवालाई विना कारवाही छाडिदिएको छ । बुटवलको पाल्पा बसपार्कमा छेउमा संचालित क्याफेबाट भदौ ४ राती राति ९ः३० बजेतिर चोरी भएको थियो ।

बुटवलका ब्यवसायी दिनेश श्रेष्ठको २२० सीसीको लु ७७ प ८२४७ को सेतो रङको पल्सर आईतबार राती पाल्पाको अर्गली प्रहरीले नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार मोटरसाइकल सहित बुटवल देवीनगरको आलमदेवी वर्कसपमा काम गर्ने आर.एन शर्मा पनि पक्राउ परेका थिए, तर पक्राउ परेका शर्मालाई प्रहरीले एकरात नियन्त्रणमा राखेर छाडिदिएको छ । प्रहरीले भने चोरी गर्ने शर्माले मोटरसाइकलको कागजपत्र ल्याउँछु भनेर गएको र फरार रहेको दाबी गरेको छ ।

नियमित चेकजाँचका क्रममा कागजपत्र नभएपछि सो मोटरसाईकल प्रहरीले राखेर शर्मालाई कागजपत्र लिन पठाईएको र उनी फर्केर नआएपछि मात्र मोटरसाईकल चोरीको भएको खुलेको पाल्पा प्रहरीका प्रवक्ता डीएसपी रामेश्वर त्वाँतीले बताए । रातभरी नियन्त्रणमा रहेकाे विषयमा भने उनले केहि बताएनन् ।

मोटरसाइकल पाल्पा अर्गलीबाट बुटवल ल्याएको मोटरसाइकल धनि दिनेश श्रेष्ठले जानकारी दिए । ३ लाख ६० हजार मुल्यमा खरिद गरेको मोटरसाईकल किनेको ५ दिनमै चोरी भएको थियो ।

 

प्रकाशित मिति : ७ भदौ २०७८, सोमबार  १० : १९ बजे

सामाजिक सञ्जालमा फैलिएको हल्ला निराधार : नेपाल प्रहरी

काठमाडौँ । नेपाल प्रहरीले राहत सामग्रीबारे सामाजिक सञ्जालमा फैलिएको हल्ला

काठमाडौं आसपासमा भूकम्पको धक्का

काठमाडौं । काठमाडौंसहित त्यस आसपासमा भूकम्पको धक्का महसुस गरिएको छ

अन्नपूर्णको किम्रोङखोला थुनियो, मोदी तटीय क्षेत्रमा सर्तकता अपनाउन आग्रह

कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा किम्रोङमा एक्कासी पानी बहाव

कांग्रेसको विधान मस्यौदा समितिमा सदस्य मनोनयन

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले ‘नेपाली कांग्रेस विधान

भोटेकोशी बाढी : हालसम्म १३ हजार ३९६ को उद्धार

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी