२४ बैशाख २०८१, सोमबार | May 7, 2024

लुम्बिनीका मुख्यमन्त्री केसीले पाए विश्वासको मत



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत हासिल गरेका छन् ।

सोमबार बसेको लुम्बिनी प्रदेशको प्रदेशसभाको दोस्रो बैठकमा मुख्यमन्त्री केसीले विश्वासको मत हासिल गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको बहिस्कारका बीच बसेको बैठकमा लिइएको विश्वासो मतमाथि मतदान भएको थियो । मतदानमा मुख्यमन्त्री केसीले ४२ मत प्राप्त गरेका छन् । विपक्षमा शुन्य मत परेको छ ।

मुख्यमन्त्री केसीलाई माओवादी केन्द्रका १८, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ३ र राष्ट्रिय जनमोर्चाका एक सांसद र एकजना स्वतन्त्र सांसदले मतदान गरेका छन् ।

८० सदस्यीय प्रदेशसभामा एमालेका ३८ जना सांसदले मतदान बहिस्कार गरे । मत बराबर हुने अवस्था नरहेका कारण सभामुख पूर्णबहादुर घर्तीले भने मतदान गर्नुपरेन ।

पूर्वमुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि संविधानको धारा १६८ को उपधारा २ अनुसार साउन २७ गते गठबन्धनको नेतृत्व गर्दै केसी मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।

 

प्रकाशित मिति : ७ भाद्र २०७८, सोमबार  ५ : १२ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,