२० बैशाख २०८१, बिहिबार | May 2, 2024

पार्टी ब्युँतिएको ६ महिना पछि माओवादी केन्द्रमा नेताहरुको तोकियो जिम्मेवारी, कृष्णबहादुर महरा पार्टी प्रवक्ता (सूचीसहित)



काठमाडौं । लामो समयदेखि जिम्मेवारी बाँडफाँट नभएका कारण सुस्त रहेको संगठनलाई चुस्त बनाउने भन्दै नेकपा माओवादी केन्द्रले सांगठनिक जिम्मेवारी टुंगो लगाएको छ।

सोमबार देखि काठमाडौं स्थित पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकबाट आन्तरिक सहित प्रवासको समेत संगठनात्मक जिम्मेवारीको टुंगो लगाएको हो।

बैठकले नेताहरुलाई विभिन्न जिम्मेवारी यो स्थायी समिति बैठकबाट बाँडफाँट गरिएको छ । यस अघि लगातार प्रचार सहित प्रवक्ताको जिम्मेवारीमा रहेका उपाध्यक्ष नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर कृष्ण बहादुर महरालाई पार्टी प्रवक्ता बनाईएको छ । श्रेष्ठलाई प्रवास कमिटीको जिम्मेवारी तोकिएको छ ।

त्यस्तै माओवादीले देशभरका जिल्ला समन्वय समितिको इन्चार्ज पनि तोकेको छ। संघीय संरचना अनुसार अभ्यास गर्ने क्रममा माओवादीले जिल्ला कमिटी भंग गरेर समन्वय समिति निर्माण गर्ने निर्णय यसअघि नै लिइसकेको छ।

एमालेसँग एकिकरण पश्चात विघटन भएका कमिटीहरुमा सर्वोच्च अदालतले साबिक माओवादी केन्द्र ब्युँतिएको ६ महिना सम्म जिम्मेवारी तोक्न नसक्दा पार्टीको संगठनहरु निश्क्रिय रहेका थिए । जिम्मेवारी नपाएका कारण देशभरका कार्यकर्ताहरु पनि बेरोजगार जस्तै बनेका थिए ।

प्रकाशित मिति : ८ भाद्र २०७८, मंगलबार  ११ : ४२ बजे

बर्दिया एमाले अध्यक्षमा शालिकराम अधिकारी प्यानल सहित विजयी

बर्दिया । नेकपा एमाले बर्दियाको अध्यक्षमा एमाले उपाध्यक्ष विष्णु पौडेल

वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए ले नेपाललाई २१० रनको लक्ष्य

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा