२४ माघ २०८२, शनिबार | February 7, 2026

खोला तर्ने क्रममा नगर प्रहरी बेपत्ता



सोलुखुम्बु । सोलुदूधकुण्ड नगरपालिकामा कार्यरत नगर प्रहरी खोलामा बेपत्ता भएका छन् । वडा नम्बर-२, मोपुङको वासा खोला तर्ने क्रममा मोटरसाइकलसहित बगाउँदा नगर प्रहरी दावातेन्जी शेर्पा बेपत्ता भएको प्रहरीले जनाएको छ ।

सोही नगरपालिकाको वडा नम्बर-८, केरुङ घर भएका २२ वर्षीय शेर्पा प्रदेश-३-१०२००८ प ३१५३ नम्बरको मोटरसाइकलमा सल्लेरीबाट मोपुङ हिँडेको बुझिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालले जानकारी दिए । घटना मंगलबार दिउँसो भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मोटरसाइकल भेटिए पनि शेर्पा अझैसम्म बेपत्ता छन् । उनको खोजीका लागि ठूलो संख्यामा जनपथ प्रहरीसहित स्थानीय जनप्रतिनिधि, नगर प्रहरी, स्थानीयवासी सक्रिय भए पनि खोला बढेकाले समस्या भएको प्रनाउ कटवालको भनाइ छ ।

गत वर्ष पनि सोही खोला तर्ने क्रममा एक पुरुषलाई बगाएकोे वडाध्यक्ष मिङमार दोर्जी शेर्पाले बताए । रासस

प्रकाशित मिति : ९ भदौ २०७८, बुधबार  ७ : २४ बजे

युवा पुस्ताको भावनाअनुसार कांग्रेस क्रियाशील छ : प्रदीप पौडेल

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले युवा पुस्ताको भावनाअनुसार

ट्रकको ठक्करबाट एक जनाको मृत्यु

नारायणगढ । भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

चर्को आवाज निकाल्दै ध्वनि प्रदूषण गराउने आठ मोटरसाइकल नियन्त्रणमा

काठमाडौं । काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी चर्को आवाज निकाल्दै

प्रधान सेनापति खुला म्याराथन सम्पन्न

काठमाडौं । यस वर्षको ‘प्रधान सेनापति खुला म्याराथन प्रतियोगिता २०८२’

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी । आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल