१७ बैशाख २०८१, सोमबार | April 29, 2024

एमालेका नेता/कार्यकर्तालाई माधव नेपालको आग्रह – ओली प्रवृतिको दक्षिणपन्थी नेतृत्वबाट विद्रोह गर्नुहोस



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गर्न नेता कार्यकर्ताहरुलाई आग्रह गरेका छन् ।

निर्वाचन आयोगबाट नयाँ दलको मान्यता पाएपछि बिहीबार पहिलोपटक आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले दक्षिणपन्थी भासको नेतृत्वबाट आफुलाई अलग गर्न एमालेका नेताकार्यकर्ताहरुलाई आग्रह गरेका हुन् । नेपालले एमाले अध्यक्ष केपी शर्मा ओली दक्षिणपन्थी भएको आरोप लगाए ।

ओलीको दक्षिणपन्थी व्यक्तिवादी प्रवृतिविरुद्ध विद्रोहमा उत्रिन आह्वान गर्दै नेपालले समाजवादी धु्रवीकरणमा समाहित हुन आह्वान गरे । ‘केपी ओली दक्षिणपन्थी भासमा फस्नुभयो । उहाँले पार्टीका सबै खालका मूल्य र मान्यतालाई तिलाञ्जली दिएर व्यक्तिवाद र व्यक्तिवादको अहंकारको घोडामा सवार भएपछि हामीले बाध्य भएर विद्रोह गरेका हौं,’ नेपालले भने, ‘तपाईँहरु तत्काल केपी ओली गुटबाट छुटकारा पाउनुस् । आउनुहोस, समाजवादको बाटोमा सँगै हिँडौं ।’

नेपालले केपी ओली पार्टी र कम्युनिस्ट आन्दोलन तहसनहस गर्न उद्दत भएको आरोप लगाए । ओलीले एमालेलाई निजी सम्पति बनाएको आरोप समेत लगाए ।

ओलीको अहंकार चुलिँदै गएपछि अति भएर विद्रोह गर्नुपरेको जिकिर गर्दै नेपालले क्रान्तिकारी कार्यकर्ताहरुलाई समाहित गरेर आफुले नयाँ पार्टी बनाएको बताए । आफुहरुले गरेको विद्रोह जायज भएको दाबी गर्दै नेपालले भने, ‘इतिहासमा यस्तो हुने गर्दछ। विश्वमा पनि भएको छ। कार्ल मार्क्सले पनि गर्न परेको थियो।’

अध्यक्ष नेपालले लक्ष्य हासिल गर्न नसक्नेहरु बीच बाटोमा थाकेको बताए । आफुँसग रहेका नेताहरुले साथ छोडेको विषयलाई इंगित गर्दै उनले भने ‘लक्ष्य हासिल गर्न चाहनेहरु, क्रान्ति चाहनेहरु निरन्तर लागिरहनेछन् ।’ यद्यपी, आफुसँग साथ छोडेका सहयोद्धाहरुलाई नकारात्मक टिप्पणी नगर्ने उनले बताए । गत चैत्रमा भएको राष्ट्रिय भेलाका कार्यकर्ताको भावनालाई आत्मसाथ गरेर देशभर संगठन फैलाएको तथा कमिटी विस्तारको काम गरेको उनले बताए ।

अध्यक्ष नेपालले अब आफ्नो पार्टी सरकारमा सहभागी हुने बताए । उनले भने, ‘यसअघि भन्न गाह्रो भएको थियो, अब पाँच दलीय गठबन्धनलाई हामी अगाडि लैजान चाहन्छौं ।’

 

 

प्रकाशित मिति : १० भाद्र २०७८, बिहिबार  ३ : १९ बजे

१७ वर्षिय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षिक बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक

सूचना प्रविधिमा लगानी गरी मनग्य लाभ लिन सञ्चारमन्त्रीको आह्वान

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना प्रविधि

नेपाल लगानीको भरपर्दो गन्तव्य भएको सन्देश प्रवाह भएको छ : सीइओ भट्ट

काठमाडौं । सरकारले आइतबारदेखि काठमाडौंमा तेस्रो लगानी सम्मेलन सुरु गरेको

अत्यधिक गर्मीका कारण भैरहवामा जनजीवन प्रभावित

भैरहवा । विगत एक सातादेखि बढेको अत्यधिक गर्मीका कारण भैरहवालगायत तराइका जिल्लाको

इलाम अपडेट : सुहाङ ५३ सय मतले अगाडि

काठमाडौं । इलाम क्षेत्र नम्बर-२ मा नेकपा (एमाले)का सुहाङ नेम्वाङले