२१ भदौ २०८३, आइतबार | September 6, 2026

वर्षाका कारण रुपन्देहीका अधिकांश क्षेत्र डुवानमा, घोडाहाको पक्की पुल भासिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध



बुटवल । बिहीबार साँझबाट परेको अबिरल वर्षाका कारण रूपन्देहीका धेरै स्थानहरू डुवानमा परेकाछन् भने पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

लगातार परेको वर्षा र पहिरोका कारण पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, गोरूसिङ्घे सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ । पूर्व-पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डको बर्दघाट बुटवल क्षेत्रमा रहेको ३ वटा डाईभर्सन बाढीले बगाएको छ ।

त्यस्तै देवदहको घोडाहामा रहेको पक्की पुल समेत भासिएको प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले खबरकुरालाई जानकारी दिए ।

यता सिद्धार्थ राजमार्गको गिट्टीखोला नजिकै पहिरो खस्दा बुटवल तानसेन खण्ड र राम्दीपुल नजिकै पहिरो खस्दा बुटवल पोखरा खण्ड पनि अवरुद्ध भएको पाण्डेले बताए ।

वर्षाका कारण रूपन्देहीका धेरै स्थान डुवानमा परेका छन । तिलोत्तमा नगरकाको मणिग्राम, भलवारी, शान्तिनगर लगायतका स्थानमा घरभित्रै पानी पसेको स्थानीयले बताएका छन् ।

त्यस्तै अबिरल वर्षाका कारण रुपन्देहीको दक्षिणी क्षेत्रमा रहेको ओमसतिया, छपिया, रुद्रपुर, धकधही, मर्चवारी डुवानमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ८ : ०५ बजे

अनुशासन उल्लङ्घन, पार्टी परित्याग गरेका, निधन भएका बाहेकले १५औँ महाधिवेशनमा भाग लिन पाउने

ललितपुर । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले पार्टीको अनुशासन उल्लङ्घन

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण