१७ बैशाख २०८१, सोमबार | April 29, 2024

वर्षाका कारण रुपन्देहीका अधिकांश क्षेत्र डुवानमा, घोडाहाको पक्की पुल भासिदा पूर्वपश्चिम राजमार्ग अवरुद्ध



बुटवल । बिहीबार साँझबाट परेको अबिरल वर्षाका कारण रूपन्देहीका धेरै स्थानहरू डुवानमा परेकाछन् भने पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

लगातार परेको वर्षा र पहिरोका कारण पूर्वपश्चिम राजमार्ग, सिद्धार्थ राजमार्ग, गोरूसिङ्घे सन्धिखर्क सडक पनि अवरुद्ध भएको छ । पूर्व-पश्चिम राजमार्गको बुटवल नारायणगढ खण्डको बर्दघाट बुटवल क्षेत्रमा रहेको ३ वटा डाईभर्सन बाढीले बगाएको छ ।

त्यस्तै देवदहको घोडाहामा रहेको पक्की पुल समेत भासिएको प्रदेश ट्राफिक कार्यालय बुटवलका प्रवक्ता डिल्लीनारायण पाण्डेले खबरकुरालाई जानकारी दिए ।

यता सिद्धार्थ राजमार्गको गिट्टीखोला नजिकै पहिरो खस्दा बुटवल तानसेन खण्ड र राम्दीपुल नजिकै पहिरो खस्दा बुटवल पोखरा खण्ड पनि अवरुद्ध भएको पाण्डेले बताए ।

वर्षाका कारण रूपन्देहीका धेरै स्थान डुवानमा परेका छन । तिलोत्तमा नगरकाको मणिग्राम, भलवारी, शान्तिनगर लगायतका स्थानमा घरभित्रै पानी पसेको स्थानीयले बताएका छन् ।

त्यस्तै अबिरल वर्षाका कारण रुपन्देहीको दक्षिणी क्षेत्रमा रहेको ओमसतिया, छपिया, रुद्रपुर, धकधही, मर्चवारी डुवानमा रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता सत्यनारायण थापाले जानकारी दिए ।

प्रकाशित मिति : ११ भाद्र २०७८, शुक्रबार  ८ : ०५ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव