२४ मंसिर २०८२, बुधबार | December 10, 2025

नेपालमा पनि मनाइयो अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस



काठमाडौं । नेपाल बक्सिङ्ग संघको आयोजनामा साता व्यापि विविध कार्यक्रमहरु गर्दै अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवस मनाइएको छ ।

अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको उपलक्षमा सातदोबाटोस्थित केन्द्रिय बक्सिङ्ग जिममा पाँचवटा बक्सिङ्ग शो म्याचहरुको आयोजना गरिएको थियो । जस अन्तर्गत ६७ किलो तौल समुहा शनिल शाही र भुपेन्द्र थापा, ५२ किलो तौल समुहमा चन्द्र थापा र प्रदिप महर्जन, ५१ किलो शुस्मा तामाङ्ग र माला राई, ६९ किलो तौल संगिता सुनवार र सरस्वति रानामगर तथा ६० किलो तौल आभास प्रताप शाह र रोशन अछामी बीच प्रदर्शनात्मक बक्सिङ्ग प्रयिोगिताको आयोजना गरिएको थियो । प्रदर्शनी खेल भएकोले दुईवटै सहभागीहरुलाई विजयी घोषित गरी सहभागि सम्पूर्ण खेलाडहिरुलाई खादा, नगद तथा एक अन्तर्राष्ट्रिय बक्सिङ्ग दिवसको टिशर्ट उपहारस्वरुप प्रदान गरिएको थियो । त्यसै गरी बक्सिङ्ग फर कज अन्तर्गत आज अनाथालयहरुमा गई बक्सिङ्ग खेलाडी तथा बक्सिङ्ग प्रेमीहरुले अनाथहरुका बीचमा गई स्वास्थ्य उपकरणहरु मास्क, सेनिटाईजर लगायत स्वास्थ्य उपकरणहरु हस्तान्तरणका साथै बक्सिङ्ग सम्बन्धि ज्ञान पनि प्रदान गरीएको बक्सिङ्गको ज्ञान प्रदान गरिएको थियो ।

साताव्यापी कार्यक्रमहरु सञ्चालनकै क्रममा सातदोबाटोस्थितपरिषरमा सम्पुर्ण बक्सिङ्ग खेलाडी, प्रशिक्षक, रेफ्री जज तथा संघकापदाधिकारीहरुले परिषरमा सरसफाई गरेका थिए ।

नेपाल बक्सिङ्ग संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका सदस्य श्री राम अवालेको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष शिब कोईराला, नेपाल बक्सिङ्ग संघका वरिष्ठ उपाध्यक्ष अर्जुन बहादुर केसी, राखेप बोर्ड सदस्य सुभास श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद तालिम तथा प्रशिक्षण विभागका निर्देशक अर्जुन वि।क। नेपाल बक्सिङ्गका प्रमुख प्रशिक्षक प्रकाश थापामगर, नेपाल बक्सिङ्ग संघका केन्द्रीय सदस्यहरु श्यामकाजी अवाले, पुष्कर राज पन्त तथा सिनेकर्मी प्रदिप बास्तोला, बक्सिङ्ग च्याम्पियनहरु विशेष उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ११ भदौ २०७८, शुक्रबार  ८ : ५६ बजे

निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग हुनुपर्छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने

बागलुङमा धान उत्पादनमा बढ्यो

बागलुङ । यसवर्ष बागलुङमा धान उत्पादन बढेको छ । समयमा

कालिका मानवज्ञान मावि बुटवलमा ६५ औँ वार्षिकोत्सव तथा अभिभावक दिवसका खेलकुद कार्यक्रम सुरु

बुटवल । देशकै उत्कृष्ट सामुदायिक विद्यालयको रूपमा स्थापित कालिका मानवज्ञान

बुटवलको प्रदर्शनीलाई उच्चस्तरमा लैजान उद्योगी-व्यवसायीको एकमत

बुटवल । रुपन्देहीका उद्योगी-व्यवसायी तथा विभिन्न सामाजिक संघ-सस्थाका प्रतिनिधिहरुले दशकौंदेखि

समानुपातिक निर्वाचन प्रणालीका लागि १०० दल दर्ता

काठमाडौं । समानुपातिक निर्वाचन प्रणालीका लागि १०० राजनीतिक दलले निर्वाचन