१६ बैशाख २०८१, आइतबार | April 28, 2024

देउवा, प्रचण्ड र नेपालबीच भेटवार्ता, मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल



काठमाडौं । सत्तारुढ गठबन्धनका तीन शीर्ष नेताबीच भेटवार्ता भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको हो ।

आइतबार बिहान भएको भेटवार्तामा मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा छलफल भएको छ । असार २९ गते प्रधानमन्त्रीमा नियुक्त देउवाले संसदबाट विश्वासको मत लिएको ढेड महिना पुग्न लाग्दा समेत मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । देउवा मन्त्रिपरिषद्मा कांग्रेसका दुई, माओवादीका दुई मन्त्री र कांग्रेसबाट एक राज्यमन्त्री मात्र सहभागी छन् ।

दलहरुबीच कसले कति मन्त्रालय र कुन कुन मन्त्रालय पाउने भन्ने विषयमा समेत सहमति भएको छैन । सरकारमा कांग्रेस र माओवादीबाहेक एकीकृत समाजवादी र जनता समाजवादी पार्टी सहभागी हुँदैछन् ।

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ११ : २७ बजे

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा

मे १ देखि नेपालीलाई चीन जाँदा भिसा शुल्क नलाग्ने

काठमाडौं । चीनले आफ्नो देश प्रवेश गर्न चाहने नेपाली नागरिकसँग

बझाङमा मतगणना सुरू

बझाङ । बझाङमा मतगणना सुरू भएको छ । बझाङको छबिसपाथिभरा

वेस्ट इन्डिज ए द्वारा नेपाललाई १६१ रनको लक्ष्य प्रस्तुत

काठमाडौं। वेस्ट इन्डिज एले नेपाललाई १६१ रनको लक्ष दिएको छ