७ आश्विन २०८३, बुधबार | September 23, 2026

साताको पहिलो दिनमा ओरालो लाग्यो सेयर



काठमाडौं । साताको पहिलो दिनको कारोबारमा नेप्से परिसूचक १ दशमलव ५८ प्रतिशत घटेको छ ।

गत बिहीवारको तुलनामा नेप्से परिसूचक ४८ दशमलव ८४ अंकले घटेर ३ हजार ४५ दशमलव २० विन्दुमा झरेको हो ।

कारोबार शरु भएको पहिलो घण्टामा नेप्से परिसचक ३१०५ दशमलव ७५ बिन्दुमा रहेको थियो भने । साताको पहिलो दिनको दोस्रो घण्टामा नेप्से परिसुचक ३१०० दशमलव ३७ बिन्दुमा झरेको थियो भने मध्यान्हमा ३०८६ दशमलव ४८ बिन्दुमा पुगेको थियो । तेस्रो घण्टामा नेप्से परिसुचक ३०६५ दशमलव ६५ बिन्दुमा आरोलो लागेको थियो ।

साताको पहिलो दिन ३०५२.२८ बन्दुमा निरन्तर ओरालो लागेर कारोबार बन्द भएको छ । आजको सेयर कारोबारमा गिरावट आउदा नयाँ रेकर्ड समेत बनेको छ । आइतवारको प्रि–ओपन सेसनमा नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ११ दशमलव ६९ अंकले बढेको हो ।

साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज १७ दशमलव ६०अङ्कले बढेर तीन हजार ९४ दशमलव ०५ विन्दुमा पुगेको थियो ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ४० विन्दुले बढेर ५७१ दशमलव ३९ मा पुगेको थियो । साताको सुरुवाती पहिलो दिनमा नेप्से ३०९९ दशमलव ९२ बिन्दुमा पुगेको हो ।

आज भएको कारोबारमा भएका १३ उपसमुह मध्ये १२ उपसमुहको शेयर ओरोलो लागेको छ भने १ उपसमुह फाइनान्सको शेयर बढेको हो । यस्तै बैकिङ ३० दशमलव ०५, ट्रेडिङ ६२ दशमलव १६ , होटल तथा पर्यटन ३१ दशमलव ७१ , बिकाश बैँक ५३ दशमलव १९ , हाईड्रो पावर ८९ दशमलव २६ , नन लाईफ ईन्स्यारेन्स २५३ दशमलव ०७ , उत्पादन ३८ दशमलव ४८ माईक्रो फाइनान्स ११५ दशमलव २ , लाईफ इन्स्योरेन्स ३०४ दशमलव २,म्युचल फन्ड ० दशमलव ०६, ईन्भेष्टमेन्ट १ दशमलव ९३ तथा अन्य ३६ दशमलव ६२ बिन्दुले ओरालो लागेको छ । तर फाइनान्स उपसमूहको शेयर कारोबार २१ दशमलव ८८ ले सेयर बढेको छ ।

आज कुल २ सय २७ कम्पनीको २४,८८८,३१३ किता शेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५मा खरिद बिक्री भएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ४ : २६ बजे

कांग्रेस १५ औ महाधिवेशन : बुटवल र नेपालगन्जमा गगनकै नाममा दुई फरक गुट चुनावी मैदानमा

बुटवल । विशेष महाधिवेशनबाट एकढिक्क बनेको दाबी गरिएको नेपाली कांग्रेसको

बीसौँ एसियाली खेलकुदमा नेपालले पदकको खाता खोल्यो

काठमाडौँ । जापानमा जारी बीसौँ एसियाली खेलकुद प्रतियोगितामा तेन्जिङ शेर्पाले

राष्ट्र बैंकद्वारा छ लघुवित्त वित्तीय संस्थालाई कारवाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।

लुम्बिनी प्रदेशका केही स्थान अतिभारी वर्षाको जोखिममा : बाँकेमा यस्तो छ जोखिम न्यूनीकरणको पूर्वतयारी

नेपालगन्ज । सम्भावित भारी वर्षा र मनसुनजन्य विपद्‌लाई ध्यानमा राख्दै