६ असार २०८३, शनिबार | June 20, 2026

ग्लोबल आइएमई बैंकको तीज क्यासब्याक योजना सार्वजनिक



काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कुशे औँसी तथा हरितालिका तीजको अवसरमा आफ्ना ग्राहकवर्गलाई लक्षित गरी विशेष क्यासब्याक योजना सार्वजनिक गरेको छ ।

मोबाइल बैंकिङ्ग एप्लिकेशन, क्यूआर पेमेन्ट एव्म डेबिट तथा क्रेडिट कार्डको प्रयोगलाई बढावा दिनका लागि बैंकले यो क्यासब्याक योजना सार्वजनिक गरेको हो ।
यस क्यासब्याक योजनाअन्तर्गत भाद्र २१ र कुशे औँशीको दिन २२ गते बुबाको लागि कुनै पनि उपहारको खरिदमा “GIFT TO FATHER” लेखी क्यूआर कोडमार्फत भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ३०० सम्म) क्यासब्याक पाइनेछ ।

यसैगरी भाद्र २३ गते फुडमान्डुबाट खानेकुरा अर्डर गर्दा ग्लोबल आइएमई बैंकको डेबिट/क्रेडिट कार्डको प्रयोग गरी अनलाइन भुक्तानी गर्दा खरिदको २० प्रतिशत (रु ५०० सम्म) क्यासब्याक फिर्ता पाइने छ ।

क्यासब्याक योजनालाई तीज विशेष बनाउन बैैंकले महिलाहरुलाई ग्राह्यता दिने भएको छ । बैंकमा “नारी बचत” तथा “नारी शक्ति बचत” खाता रहेका महिलाहरुले डेबिट कार्डको प्रयोग गरी POS/ECOM मार्फत रु ३,००० वा सो भन्दा बढिको भुक्तानीमा रु ३०० क्यासब्याक फिर्ता पाउनेछन् ।

महिला ग्राहकलाई लक्षित यो योजना भाद्र १६ देखि ३१ गते सम्म चल्नेछ । आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले यस्ता योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।

प्रकाशित मिति : १३ भदौ २०७८, आइतबार  ७ : ५७ बजे

उदयपुरमा विद्यालय बस दुर्घटना, एकको मृत्यु

उदयपुर । उदयपुरगढी गाउँपालिका–७ जोगीटोलस्थित मदन भण्डारी राजमार्गमा आज बिहान

लुम्बिनीमा योगाभ्यास

लुम्बिनी । अन्तरराष्ट्रिय योग दिवसको पूर्वसन्ध्यामा लुम्बिनीमा एक दिवसीय विशेष

रास्वपाको प्रतिनिधि सङ्ख्या चार हजारभन्दा बढी

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०को महाधिवेशन प्रतिनिधि चार हजार

मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन

जनकपुरधाम । मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षको ११ महिनामा

पानीको धारा, मुहान सफा गरेर मनाइयो सिथि नखः पर्व

काठमाडौं । आज ज्येष्ठ शुक्ल षष्ठी हो । यसलाई कुमार