२१ बैशाख २०८१, शुक्रबार | May 3, 2024

लुम्बिनी प्रदेश योजना आयोगको उपाध्यक्षमा वामदेव क्षेत्री, प्रदेश राजधानी व्यवस्थापन गर्न मन्त्री डिल्ली चौधरी बने संयोजक



बुटवल । लुम्बिनी प्रदेशको योजना आयोगको उपाध्यक्षमा माओवादी केन्द्रका केन्द्रीय सदस्य वामदेव क्षेत्री नियुक्त भएका छन्। मन्त्रिपरिषदको आइतबारको बैठकले क्षेत्रीलाई नियुक्त गरेको हो।

बैठकले आयोगको सदस्यमा शिवपुजन यादव, डा.दामोदर भुसाल नियुक्त गरेको सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री कृष्णध्वज खड्काले जानकारी दिए । ५ सदस्यीय आयोगमा बाँकी २ सदस्य पछि नियुक्त गर्ने मन्त्री खड्काले बताए।

बैठकले ३ सदस्यीय प्रदेश पदक सिफरिस समिति समेत गठन गरेको सरकारका प्रवक्ता खड्काले बताए । नियुक्त हुनेहरुमा कपिलबस्तुका बर्मानन्द उपाध्याय, रुकुमकी दिल कुमारी रोका र पाल्पाका यज्ञ पोखरेल रहेका छन् ।

मन्त्रिपरिषदको बैठकले स्थायी राजधानी व्यवस्थापनका लागि शहरी तथा ग्रामिण विकास मन्त्री डिल्लीबहादुर चौधरीलाई प्रदेश राजधानी व्यवस्थापन समिति संयोजकको जिम्मेवारी दिएको छ ।

सरकारका प्रवक्ता कृष्णध्वज खड्काका अनुसार समितिले प्रदेश स्थायी राजधानी दाङको भालुवाङमा आवश्यक पूर्वाधार तयार गर्नका लागि समन्वयको काम गर्नेछ।

 

प्रकाशित मिति : १३ भाद्र २०७८, आइतबार  ९ : ३७ बजे

महानगरपालिकाको श्रम बैंकबाट चार सयभन्दा बढीले पाए रोजगारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले खोलेको श्रम बैंकमार्फत चार सय ३०

नेपालमा साइबर अपराधसम्बन्धी कानुन र अभ्यास

आजको डिजिटल युगमा डिजिटल माध्यमको प्रयोगसँगै साइबर अपराध समेतको बढ्दो

बाँकेमा ११ महिनामा १२ सुत्केरीको पर्याप्त उपचार नपाएर मृत्यु

नेपालगन्ज । मेडिकल हवकारुपमा दाबी गरिएको बाँकेमा चालु आर्थिक वर्षमा

नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा दुई जना पक्राउ

काठमाडौं । नाबालिकालाई वेश्यावृतिमा लगाएको अभियोगमा २ जनालाई मंगलबार दिउँसो

बागलुङ अमलाचौरका अग्नीपीडितलाई राहत

बागलुङ । घर गोठ जलेर बिचल्लीमा परेका बागलुङ अमलाचौरका दुई