४ पुस २०८२, शुक्रबार | December 19, 2025

कोरोना अपडेट : मृत्यु हुनेको सख्या १ लाख ३४ हजार पुग्यो, २० लाख ८२ हजार संक्रमित



काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर संक्रमित हुने मानिसको संख्या २० लाख ८२ हजार नाघेको छ ।

र्वल्डमिटरको तथ्यांक अनुसार पछिल्लो तथ्यांकअनुसार विश्वभर यो भाइरसबाट संक्रमित हुनेको संख्या मानिसको संख्या २० लाख ८२ हजार ९ सय नाघेको छ । यो समाचार तया गर्दा सम्म ५ लाख १० हजार ३ सय जना निको भएका छन् ।

सबैभन्दा धेरै संक्रमित अमेरिकामा भएका छन् । त्यहाँ अहिलेसम्म कोरोना भाइरसका संक्रमितको संख्या ६ लाख ३३ हजार ९८ नाघेको छ ।

त्यस्तै, स्पेनमा १ लाख ८० हजार, इटालीमा १ लाख ६५ हजार, फ्रान्समा १ लाख ४७ हजार र जर्मनीमा १ लाख ३३ हजार संक्रमित पुगेका छन् ।

अहिलेसम्म कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि १ लाख ३४ हजार ६०४पुगेको छ । सबैभन्दा धेरै मानिसको मृत्यु अमेरिकामा भएको छ ।

अमेरिकामा अहिलेसम्म २८ हजार ५ सय भन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ भने इटालीमा पनि २१ हजारभन्दा धेरै मानिसको यो भाइरसको कारण मृत्यु भइसकेको छ । स्पेनमा पनि १८ हजारभन्दा धेरै मानिसको मृत्यु भइसकेको छ ।

विश्वभर अहिलेसम्म पाँच लाखभन्दा धेरै संक्रमित निको भइसकेका छन् । निको हुनेमा सबैभन्दा धेरै चीनमा ७८ हजारभन्दा धेरै मानिस निको भइसकेका छन् भने जर्मनीमा पनि ७२ हजारभन्दा बढी निको भएका छन् ।

प्रकाशित मिति : ४ बैशाख २०७७, बिहिबार  ६ : ४१ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको