५ श्रावण २०८३, मंगलबार | July 22, 2026

सुदुरपश्चिमका १३ एमाले सांसद एकीकृत समाजवादीमा प्रवेश; १० सांसदको सनाखत, केहीको बाँकी



फाइल तस्विर

धनगढी । सुदूरपश्चिम प्रदेशमा नेकपा एमालेका १३ जना प्रदेशसभा सांसदले एमाले दल परित्याग गरी नेकपा एकीकृत समाजवादीमा सामेल भएका छन् ।

सभामुखसहित २५ जना सांसद रहेको प्रदेशसभामा एमालेमा छँदा माधवकुमार नेपालको पक्षमा १८ जना सांसद रहेका थिए । ती मध्ये १३ जना सांसदले एकीकृत समाजवादी दल रोज्ने निर्णय गरेका हुन् ।

आज पूर्णा जोशी, कुलवीर चौधरी, सुशील बुढाथोकी, लाल बहादुर खड्का, माया भट्ट, चुन कुमारी चौधरी, अमर साउद, मना साउद, दुर्गा विक र बलबहादुर सोडारीको सनाखत भएको छ । अन्य सांसदको कागजात नपुग्दा आज सनाखत हुन बाँकी रह्यो ।

सांसदहरुले उनीहरुले निर्वाचन आयोगको प्रदेश कार्यालयामा पुगेर एस पार्टी रोजेको सनाखत गरेका छन् ।

दीर्घ सोडारीसहित तारा लामा तामाङ, बलबहादुर सोडारी, पूर्णा जोशी, दुर्गा कामी, माया भट्ट, लालबहादुर खड्का, अमरबहादुर साउद, अर्चना गहतराज, चुनकुमारी चौधरी, मना साउद, कुलवीर चौधरी र सुशीला बुढाथोकीले सनाखत निर्वाचन आयोग कार्यालय पुगेका थिए ।

एमाले उपाध्यक्ष एवं सुदुरपश्चिम प्रदेशका प्रभावशाली नेता भीम रावलले माधवकुमार नेपालसँगको संगत परित्याग गरी अध्यक्ष केपी शर्मा ओली पक्षमा विलय भएपनि उनले प्रदेशबाट धेरै सांसदहरुलाई जोगाउन सकेनन् ।

सांसद सोडारीले २२ गतेसम्म थप सांसदहरु एकीकृत समाजवादीमा सनाखत गर्ने दाबी गरेका छन् ।

यसअघि एमालेको संस्थापन पक्षमा ६ जना मात्र सांसद रहेकोमा अब नेपालको पक्षमा नगएका केही सांसद थपिने भएका छन् ।

 

 

प्रकाशित मिति : १५ भदौ २०७८, मंगलबार  ४ : १२ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं