६ पुस २०८२, आइतबार | December 21, 2025

२०३ बोरा मटर बरामद



महोत्तरी नेपालबाट भारततर्फ तस्करी गर्ने उद्देश्यले भण्डारण गरी राखेको अवस्थामा महोत्तरी प्रहरीले गए राति २०३ बोरा मटर बरामद गरको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार जिल्लाको एकडारा गाउँपालिका–५ बहेडा गाउँस्थित रामकृपाल साहको सटरमा भण्डारण गरी राखेको अवस्थामा मटर (केराउ) बरामद गरिएको हो ।

एउटा बोराभित्र २५ किलोका दरले प्याक गरिएको पाँच टन ७५ किलोग्राम मटर जिल्ला प्रहरी कार्यालयबाट खटी गएको विशेष टोलीले नियन्त्रणमा लिएको हो ।

बरामद मटर आवश्यक कारबाहीका लागि जिल्लाको मूल भन्सार कार्यालय मलिवाडामा बुझाइएको छ । त्यसैगरी प्रहरीले गए राति जलेश्वर–३ बाट तीन बोरा मटर र दुई बोरा सुर्तीसमेत बरामद गरेको छ ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ११ : ५० बजे

आहा! आलिताल

डडेल्धुरा । पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण आलितालको पर्यटन प्रवर्द्धन गर्न काम

डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाँदै

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई आइतबार पुस ६ गते

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

म्याग्दी । चीन र भारत जोड्ने राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर,

यू-१९ एसिया कपको फाइनलमा आज भारत-पाकिस्तान भिडन्त

काठमाडौं । दुवईमा जारी यू-१९ एसिया कप क्रिकेट प्रतियोगिताको फाइनलमा

यस वर्ष धान उत्पादन घट्यो

भोजपुर । यस वर्ष अनियमित मौसमका कारण जिल्लामा धान उत्पादनमा