७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कांग्रेसको वडा अधिवेशन आजबाट सुरु



काठमाडौं । कांग्रेसले आजबाट वडा अधिवेशन प्रारम्भ गरेर १४ औं महाधिवेशन प्रक्रियाको सुरुआत गर्दैछ । सबै जिल्लाका क्रियाशील सदस्यताको सूची सार्वजनिक भएको छैन । त्यसैले कांग्रेस चरणबद्ध वडा अधिवेशनमा जुट्ने भएको छ ।

महाधिवेशनको मुखमा पार्टीभित्र अनेक समस्या देखिन थालेका छन् । कोरोना महामारीले महाधिवेशन रोक्न सर्वोच्च अदालतमा रिट परेको छ । दलित र मुस्लिम समुदायको प्रतिनिधित्व घटाउने षड्यन्त्र गरिएको भन्दै पार्टीभित्र तीव्र असन्तुष्टि देखिएका छन् । विवादकै कारण क्रियाशील सदस्यताको सूची सार्वजनिक हुन सकेको छैन ।

महाधिवेशन प्रतिनिधि एवं बाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले महाधिवेश रोक्न माग गर्दै सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गरे । उनले कोरोना संक्रमण बढिरहेको बेला महाधिवेशन स्थगित गर्न रिट दर्ता गराएको बताए । उनले भने, ‘महाधिवेशन अवरोध गर्ने मेरो उद्देश्य हैन । जनताको मन जित्न सबैलाई खोप उपलब्ध गराएर मात्र भव्य महाधिवेशनमा जाऊँ । अहिलेलाई स्थगित गरौं भन्ने हो ।’

केन्द्रीय सदस्य मीन विश्वकर्माले दलित प्रतिनिधित्व घटाएको भन्दै पार्टीको जिम्मेवारीबाट राजीनामा दिएका छन् । आफ्नै पार्टीको सरकार भएका बेला खोपको व्यवस्था गरेर मात्र महाधिवेशन गर्नुपर्ने उनको तर्क छ । २०७९ जेठ ३० गतेसम्म महाधिवेशन गर्न नहुने उनको माग छ । उक्त रिटको आइतबार पेसी तोकिएको सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालले जानकारी दिए । कांग्रेसका नेता विश्वकर्माले पार्टीको केन्द्रीय सदस्य र नेपाल दलित संघको अध्यक्ष पदबाट राजीनामा दिएका छन् । उनले पार्टीले महाधिवेशनका लागि बनाएको निर्वाचन निर्देशिकाप्रति आपत्ति जनाउँदै पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।

‘पार्टीले स्थापना कालदेखि नै जातीय, क्षेत्रीय र लैंगिक समावेशितालाई नवौं महाधिवेशनबाट क्रमशः स्थानीय वडा तहदेखि केन्द्रसम्म प्रयोग गर्दै आएको र ११ औं, १२ औं र १३ औं महाधिवेशनमा विधानबमोजिम प्रत्येक वडाबाट न्यूनतम ५ जनामा १ जना, ७ जनामा १ र ९ मा १ जना तथा, निर्वाचन क्षेत्रमा ११ मा १ जना दलित महाधिवेशन प्रतिनिधि सुनिश्चित गरिँदै आएको थियो,’ उनले राजीनामा पत्रमा लेखका छन्, ‘यसपटक विधानको गलत व्याख्या गर्दै बनाएको असमावेशी निर्देशिकामा दलित समुदायलाई पार्टी प्रवेश र प्रतिनिधित्वमा निषेध गरिएको उल्लेख गरेका छन् ।’

दलित समुदायलाई अपमान र अन्याय हुने गरी षड्यन्त्रपूर्वक निर्देशिका बनाइएका कारण आफूले राजीनामा दिएको विश्वकर्माले बताए । विश्वकर्माको राजीनामापछि पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसको आगामी वडा अधिवेशनमा दलित र मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व गराउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

देउवाले पार्टी केन्द्रीय सदस्यद्वय विश्वकर्मा तथा जीवन परियारलाई बिहीबार बालुवाटार बोलाएर छलफल गरेका थिए । ‘सभापति ज्यूले आश्वासन दिनुभएको छ । यद्यपि, निर्देशिकामा उक्त कुरा नसमेटिएकाले हाम्रो माग यथावत् नै छन्,’ विश्वकर्माले भने ।

दलित समुदायको वडाबाट क्षेत्रीय प्रतिनिधिदेखि महाधिवेशन-महासमितिसम्म अनिवार्य प्रतिनिधित्वको माग गर्दै नेपाल दलित संघले केन्द्रीय कार्यालयमा बुधबार धर्नासमेत दिएको थियो। केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी भन्छन्, ‘हतारमा अधिवेशन गर्दा निस्किएका समस्या हुन् । क्लस्टरहरू छुट्ट्याइएका छन् । जसले गर्दा दलितलगायत पिछडिएका समुदायलाई अन्याय गरेको छ ।’

कांग्रेसको भातृसंगठन नेपाल मुस्लिम संघले संविधानले आरक्षण गरेको कोटा हटाएको भन्दै धर्नामा बसेर विरोध गरेका छन् । कांग्रेसको निर्वाचन निर्देशिकामा आरक्षण कोटा हटाएको प्रति ध्यानाकर्षण गर्दै नेपाल मुस्लिम संघ गण्डकी प्रदेश र जिल्ला कार्यसमिति स्याङ्जाको संयुक्त आयोजनामा कांग्रेस पार्टी कार्यालयको मूल गेटमा धर्नामा बसेर विरोध गरेका हुन् ।

कांग्रेसले विधानअनुसार सबैभन्दा तल्लो तहको संरचनाअन्तर्गत पर्ने वडा तहको अधिवेशन १८ भदौबाट सुरु गरेर २३ गतेभित्र सक्ने गरी तयारी गरेको छ । सदस्यता सार्वजनिक गर्न बाँकी र केन्द्रीय निर्वाचन अधिकृत तोक्न बाँकी रहेका जिल्लामा विस्तारै हुँदै जाने मुख्य सचिव कृष्णचन्द्र पौडेलले जानकारी दिए ।

जिल्लामा हुने निर्वाचनको मिति भने प्रमुख निर्वाचन अधिकृत र जिल्ला नेतृत्वले सहमतिमा तोक्ने छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा राधा खनालले यो समाचार लेखेकी छन ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ७ : ३२ बजे

४२ करोडको बैंकिङ कसुर प्रकरण : व्यवसायी शंकरलाल अग्रवाल पुर्पक्षका लागि थुनामा

काठमाडौं। उच्च अदालत पाटनले बैंकिङ कसुरको मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी

मधेशका पूर्वअर्थमन्त्री शैलेन्द्र साहसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। सर्लाहीको बाग्मती म्युनिसिपल पार्क तथा रिसोर्ट निर्माणमा अनियमितता भएको

‘कानुन सुधार वर्ष’ सफल पार्न उच्चस्तरीय समिति गठन

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले घोषणा गरेको

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै