२४ माघ २०८२, शनिबार | February 8, 2026

५१ किलो लागुऔषध गाँजासहित ४ जना पक्राउ



काठमाडौं । ५१ किलोग्राम लागुऔषध गाँजासहित चितवन प्रहरीले चार जनालाई पक्राउ गरेको छ । बिभिन्न चार जनाको साथबाट बिभिन्न समयमा उक्त गाँजा बरामद गरिएको चितवन प्रहरीले जनाएको छ ।

काठमाडौंबाट मुग्लिङतर्फ जाँदै गरेको ना ७ ख ५०११ नम्बरको रात्री बसबाट चितवन रत्ननगर नगरपालिका-१५ माधवपुरका २७ वर्षीय सोनाम बाइवाको साथबाट ७ किलो, कालिका नगरपालिका-८ कालिकाटोलका २५ वर्षीय विमल तामाङबाट ६ किलो र बूढानीलकन्ठ नगरपालिका-३ तउलुङका २० वर्षीय राजकुमार तामाङको साथबाट ३ किलो गाँजा बरामद गरिएको चिवन प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिए ।

यस्तै १५ माघ २०७६ मा चितवन राप्ती नगरपालिका-१ नयाँबस्तीमा ना २ ह ५८८० नम्बरको अटो रिक्साबाट ७ वटा पोकामा ३५ किलोग्राम गाँजा फेला पारी फरार रहेका सोही ठाउँका २० वर्षीय मिनराज घलानलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकाहरूलाई लागुऔषध मुद्दामा चितवन जिल्ला अदालतबाट म्याद लिई थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ८ : २० बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको