२९ मंसिर २०८२, सोमबार | December 15, 2025

माछापुच्छ्रे बैंकले सञ्चालनमा ल्यायो ७ बटा शाखा रहित बैंकिङ्ग सेवा



काठमाडौ । माछापुच्छ्रे बैंकले देशका विभिन्न स्थानमा थप ७ शाखा रहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको छ ।

बैंकले गोरखा जिल्लाको पालुङ्गटार नगरपालीका ६, काठमाडौ जिल्लाको कीर्तिपुर नगरपालिका मैत्रिनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५, जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका १६ खैरेटी, कपिलबस्तु जिल्लाको शिवराज नगरपालिका ३, खरेन्द्रपुर, सिराहा जिल्लाको सुखिपुर नगरपालीका २ छजनाचोक मा गरि जम्मा ७ स्थानमा शाखा रहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको हो ।

बैकिङ्ग पहुँचदेखि टाढा रहेका ग्रामीण भेगका नागरिकमा बैंकिङ्ग सेवा प्रदान गर्ने उद्धेश्यले बैंकले शाखा रहित बैंकिङ्ग सेवा मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

देशका विभिन्न स्थानमा ७ शाखारहित बैंकिङ्ग सेवा थप भएसंगै बैंकको शाखा रहित बंैकिङ्ग सेवा १७२ पुगेको छ । ग्राहक सेवा केन्द्रको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्न, रकम जम्मा गर्न र झिक्न, रेमिटेन्स भूक्तानीका साथै कर्जा आवेदन समेत दिन सकिने छ ।
बैंकले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमाल देखि पहाड र तराईसम्म आफ्ना १६२ वटा शाखाहरु लगायत १७२ शाखा रहित बैकिङ्ग सेवा र ५ एक्सटेन्सन काउण्टर समेत गरी जम्मा ३३९ स्थानवाट १० लाख भन्दा बढि ग्राहक महानुभावहरुमा सम्पुर्ण बैंकिङ्ग सुबिधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०३ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

 

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ७ : १० बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती