५ कार्तिक २०८३, बिहिबार | October 22, 2026

औद्योगिक क्षेत्रबाट निस्कने धुवाँले वायु प्रदुषण गरेको भन्दै मागियो सूचना माग



नेपालगन्ज । नेपालगञ्ज औद्योगिक क्षेत्र भित्र रहेका बिभिन्न उद्योग, कल, कारखानाबाट निस्कने धुवाँले बायु प्रदुषण गरेको भन्दै नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग सूचना माग गरिएको छ । उपमहानगरको मध्यभागमा रहेको औद्यागिक क्षेत्रबाट निस्कने प्रदुष्ति बायुले स्थानीयहरुको स्वास्थ्यमा प्रतिकुल असर पारिरहेको गुनासो आउन थालेपछि कार्यालयसँग सूचना माग गरिएको हो ।

दैनिक रुपमा भईरहेको प्रदुषण नियन्त्रणका लागि सम्बद्ध निकायको ध्यानाकर्षण भए, नभएको बिषयमा नेपालगञ्जका स्थानीय ३ जनाले सूचना माग गरेका हुन् । सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम नेपालगञ्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयसँग नेपालगञ्ज–१२ का नमस्कार शाह तथा नेपालगञ्ज–१० का मन भण्डारी र हेमराज भट्टले संयुक्त रुपमा सूचना माग गर्दै निबेदन दर्ता गराएका हुन् ।

निबेदकहरुले औद्योगिक क्षेत्र भित्र रहेका बिभिन्न उद्योगहरुबाट उद्योग सञ्चालन गर्दा निस्किने बायु प्रदुषण नियन्त्रणका लागि सम्मानित अदालतबाट भएको आदेश कार्यान्वयनको अवस्था बारे पनि जानकारी माग गरेका छन् ।

निबेदकहरुले कार्यालयबाट बायु प्रदुषण नियन्त्रणका लागि भएको प्रयास, बायु तथा अन्य प्रदुषण फैलाउने उद्योग, कल, कारखानाको नाम, नामेशी बिबरण र त्यस क्षेत्र भित्र रहेका उद्योगहरुको नाम, नामेशी बिबरण माग गरेका छन् ।

 

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ७ : ३२ बजे

दसैँको दोस्रो दिन पनि रोकिएन विदेसिने युवाको लर्को

काठमाडौं । नेपालीहरूको प्रमुख पर्व बडादसैँमा पनि रोजगारी, अध्ययन तथा

मुस्ताङमा रैथाने बाली फापर भित्र्याइदै

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा किसानलाई अहिले रैथाने खाद्य बाली

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी

विश्व पोलियो दिवसका अवसरमा काठमाडौंमा ‘मेगा पोलियो साइकल -याली’ हुने

काठमाडौं । विश्व पोलियो दिवसका अवसरमा पोलियो उन्मूलनसम्बन्धी जनचेतना अभिवृद्धि

कोप ३१ : आन्तरिक तयारी तीव्र, राष्ट्रिय स्थितिपत्र अन्तिमचरणमा

काठमाडौं । नेपालले आगामी नोभेम्बर ९ देखि २० सम्म टर्कीएको