२० बैशाख २०८१, बिहिबार | May 2, 2024

निर्वाचित राष्ट्रपति र, पुर्णसमानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष थाल्न कार्यकर्तालाई प्रचण्डको निर्देशन



बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र एमालेबीच विगतमा भएको एकता गलत नभएपनि केपी प्रवृत्तिका कारण एकतालाई दुषित र असफल बनाइएको बताएका छन् । सोमबार लुम्बिनी प्रदेशका अगुवा नेता कार्यकर्ताहरूको राजनैतिक प्रशिक्षणलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकताको अभियानमा केपी शर्मा ओली बाधक बनेको बताए ।

उनले दुई पार्टीबीच एकता भएर बनेको नेकपा भित्र एमालेका क्रान्तिकारी समूहले समेत माओवादीको एजेण्डा स्विकार गर्न थालेपछि प्रतिगामी शक्तिले केपी ओलीलाई अगाडि सारेको आरोप लगाए । अध्यक्ष प्रचण्डले प्रतिगमनकारी र प्रतिक्रियावादीको गोटी बनेर ओलीले एकता भाँडेको पनि बताए ।

माओवादी केन्द्र अरुभन्दा फरक र क्रान्तिकारी दल बन्न नसकेको तर्फ चिन्ता प्रकट गर्दै उनले यदि माओवादी फरक र क्रान्तिकारी बन्न नसके पार्टीको औचित्य पुष्टि नहुने तथा पार्टी विघटनको दिशामा जाने बताए ।

लुम्बिनी प्रदेशका सबै जिल्लाका अगुवा कार्यकर्तालाई एक साथ सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षताजस्ता उपलब्धी खतरामा रहेको उल्लेख गरे । उनले निर्वाचित राष्ट्रपति, पुर्णसमानुपातिक निर्वाचन प्रणाली लगायतका एजेन्डाका लागि संघर्षको तयारीमा रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रकाशित मिति : २१ भाद्र २०७८, सोमबार  ४ : ४६ बजे

वेस्ट इन्डिज ‘ए’ विरुद्ध फिल्डिङमा नेपाल

काठमाडौं । वेस्ट इन्डिज ए सँगको टी-२० सिरिजअन्तर्गत नेपालले आज

सुनको मूल्य तोलामा रु दुई हजारले वृद्धि

काठमाडौं । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु दुई

अव पहुँचका आधारमा कसैलाई माफी मिनाहा हुँदैन : गृहमन्त्री लामिछाने

नेपालगन्ज । गृहमन्त्री रबी लामिछानेले पहुँचका आधारमा कसैलाई माफी मिनाहा

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल खुल्यो

काठमाडौं । बाक्लो तुवालोका कारण ‘भिजिबिलिटी’ नपुग्दा बन्द भएको पोखरा

सूचना-प्रविधि क्षेत्रको विस्तारका निम्ति नवप्रवर्तन कोष स्थापना गर्ने प्रधानमन्त्रीको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सूचना-प्रविधि क्षेत्रको विस्तारका