१ बैशाख २०८३, मंगलबार | April 14, 2026

निर्वाचित राष्ट्रपति र, पुर्णसमानुपातिक निर्वाचन प्रणालीका लागि संघर्ष थाल्न कार्यकर्तालाई प्रचण्डको निर्देशन



बुटवल । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले माओवादी केन्द्र र एमालेबीच विगतमा भएको एकता गलत नभएपनि केपी प्रवृत्तिका कारण एकतालाई दुषित र असफल बनाइएको बताएका छन् । सोमबार लुम्बिनी प्रदेशका अगुवा नेता कार्यकर्ताहरूको राजनैतिक प्रशिक्षणलाई भर्चुअल सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले कम्युनिस्ट एकताको अभियानमा केपी शर्मा ओली बाधक बनेको बताए ।

उनले दुई पार्टीबीच एकता भएर बनेको नेकपा भित्र एमालेका क्रान्तिकारी समूहले समेत माओवादीको एजेण्डा स्विकार गर्न थालेपछि प्रतिगामी शक्तिले केपी ओलीलाई अगाडि सारेको आरोप लगाए । अध्यक्ष प्रचण्डले प्रतिगमनकारी र प्रतिक्रियावादीको गोटी बनेर ओलीले एकता भाँडेको पनि बताए ।

माओवादी केन्द्र अरुभन्दा फरक र क्रान्तिकारी दल बन्न नसकेको तर्फ चिन्ता प्रकट गर्दै उनले यदि माओवादी फरक र क्रान्तिकारी बन्न नसके पार्टीको औचित्य पुष्टि नहुने तथा पार्टी विघटनको दिशामा जाने बताए ।

लुम्बिनी प्रदेशका सबै जिल्लाका अगुवा कार्यकर्तालाई एक साथ सम्बोधन गर्दै प्रचण्डले गणतन्त्र, संघीयता, समावेशिता, धर्म निरपेक्षताजस्ता उपलब्धी खतरामा रहेको उल्लेख गरे । उनले निर्वाचित राष्ट्रपति, पुर्णसमानुपातिक निर्वाचन प्रणाली लगायतका एजेन्डाका लागि संघर्षको तयारीमा रहन कार्यकर्तालाई निर्देशन समेत दिए ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ४ : ४६ बजे

सरकारको ‘राष्ट्रिय प्रतिबद्धता’ मस्यौदा सुझावका लागि सार्वजनिक (पूर्णपाठ)

काठमाडौँ । नेपाल सरकारले ‘राष्ट्रिय प्रतिबद्धता’ को मस्यौदा तयार पारेर

बेनीको महारानीथान धार्मिक पर्यटकीय स्थलका रूपमा विकास

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–७ मा रहेको महारानीथान नयाँ धार्मिक

सृजना जलेर मृत्यु प्रकरण : थप २ जना पक्राउ

नेपालगन्ज । गत चैत्र १४ गते नेपालगन्जमा जलेर मृत्यु भएकी

यस्तो रह्यो नेपाली चलचित्रको २०८२ साल

काठमाडौँ । नेपाली चलचित्र क्षेत्रका लागि वर्ष २०८२ समग्रमा सुखद

गृहमन्त्री गुरुङद्वारा नारायणगढ–बुटवल सडक खण्ड अनुगमन, १५ दिनमा सम्पन्न हुँदै सडक निर्माण

काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले नारायणगढ–बुटवल सडक खण्डको अनुगमन गरेका