८ आश्विन २०८३, बिहिबार | September 24, 2026

काठमाडौं उपत्यकाका विद्यालय असोज १ गतेदेखि खुल्ने



काठमाडौं । काठमाडौं उपत्यकाभित्रका विद्यालयहरु आगामी असोज १ गतेदेखि खुला हुनेभएका छन् ।

कोरोना भाइरसको महामारीको दोस्रो लहर सुरु हुन थालेपछि पाँच महिनादेखि बन्द रहेका विद्यालयहरु असोज १ गतेदेखि खुल्ने भएका हुन् ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद अधिकारीसहित उपत्यकाका तीनै जिल्लाका स्थानीय तहका शिक्षा समितिका अधिकृत, जिल्ला शिक्षा एकाइ प्रमुख र अभिभावक संघका प्रतिनिधिसहितको आज बसको बैठकले विद्यालय खोल्ने निर्णय गरेको हो ।

बैठकले विद्यालय खोल्न निर्णय गर्ने अधिकार स्थानीय तहलाई दिएको छ । स्थानीय तहले अभिभावक र शिक्षकसँग छलफल गरेर महामारीको अवस्था मूल्यांकन गरी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने भन्ने निर्णय भएको छ ।

बैठकले जनस्वास्थ्य मापदण्ड पालना गरेर विद्यालय खुला गर्न दिइने निर्णय गरेको छ । स्वास्थ्य अवस्थाको जोखिम हेरेर स्थानीय तहले नै तत्काल विद्यालय खोल्ने या बन्द गर्नसक्नेछन् ।

कोरोना संक्रमण दर कम हुँदै जाँदा विद्यालयहरु खुल्ने क्रम पनि विस्तारै बढ्न थालेको छ । उपत्यकाभित्रकै केही नगरपालिकाले यसअघि नै विद्यालय खोलिदिएपछि एकरुप ढंगबाट मात्र वि
द्यालय खोल्ने निर्णय भएको हो ।

 

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ४ : ५१ बजे

नेपालको सार्वजनिक ऋण २९ खर्ब ७३ अर्ब नाघ्यो

काठमाडौं । सरकारले तिर्न बाँकी कुल सार्वजनिक ऋणको दायित्व रु

तीन मिडिया माथी ट्रम्पले लगाएको प्रतिबन्ध अदालतद्वारा खारेज

वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस परिसरमा प्रवेशमा

आजदेखि एक हजारका नयाँ नोट चलनचल्तीमा, गभर्नर पौडेलको हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारदेखि एक हजार रुपैयाँ दरको

एसियाली खेलकुद प्रतियोगिता : टेबलटेनिसमा नेपालका खेलाडी पराजित

काठमाडौं । जापानमा जारी वीसौँ एसियाली खेलकुद प्रतियोगिता–२०२६ अन्तर्गत टेबलटेनिसको

विपद् जोखिम घटाउन कामपाको पूर्वतयारी

काठमाडौं । काठमाडौं महानगरपालिकाले विपद् जोखिम घटाउन पूर्वतयारी र प्रतिकार्य