२० असार २०८३, शनिबार | July 4, 2026

नेकपा (एस) दर्ता खारेजको माग गर्दै एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दा प्रधानन्यायाधीसको इजलासमा



काठमाडौं । नेकपा (एस) को दर्ता अवैधानिक भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दर्ता गरेको रिट आज पनि सुनुवाई का सूचीमा चढेको छ ।

निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख तथा लुम्बिनी प्रदेशसभाका सभामुख विरुद्ध दायर गरिएको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ । आईतबार सुनुवाईमा परेको सो रिट हेर्न नभ्याईनेमा परेको थियो ।

एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले गत बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए । दलले बिधिसम्मतरुपमा कारवाही गरेको सांसदहरुको पदमुक्तको सूचना प्रकाशित नगरेको अभियोगमा प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटा र लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण घर्ती तथा पार्टीले निस्काशन गरेका नेताहरुको हस्ताक्षरलाई सनाखत गर्दै दल दर्ता गरेको अभियोगमा निर्वाचन आयोग विरुद्ध ओलीले रिट निवेदन दर्ता गराएका थिए ।

एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै नेकपा एकीकृत समाजवादी खारेजीको माग रिटमा गरिएको छ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ११ : १९ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी