२४ बैशाख २०८१, सोमबार | May 7, 2024

इन्डोनेसियाको जेलमा आगलागी हुँदा ४१ जनाको मृत्यु



जाकार्ता । इन्डोनेसियाको राजधानी जाकार्तानजिकै रहेको एउटा जेलमा भएको आगलागीमा परी कम्तीमा ४१ व्यक्तिको मृत्यु भएको छ । यस आगलागीमा परी अन्य ८० जना घाइते भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन ।

घाइते सबैलाई अस्पताल लगिएको र ती मध्ये आठ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

स्थानीय समय अनुसार बिहान २ः२० बजे आगलागी भएको थियो र बिहान ३ः३० बजे आगो निभाइएको थियो । बिजुली सर्ट भएर आगलागी भएको अनुमान गरिएको जाकार्ता प्रहरी प्रवक्ता युस्री युनुसले जानकारी दिए ।

इन्डोनेसियाको कानून र मानव अधिकार मन्त्रालयका जेल विभागकी प्रवक्ता रिका अप्रियन्तीले भने ४० कैदी राख्नको लागी डिजाइन गरिएको भीडभाडमा १२२ जना बसिरहेका बताउनु भएको छ । प्रभावित ब्लकमा थुनामा रहेका कैदीहरुमध्ये धेरै लागुऔषधमा संलग्न रहेको जनाइएको छ ।

प्रकाशित मिति : २३ भाद्र २०७८, बुधबार  ८ : ४१ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,