२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कुलमान घिसिङ विरुद्ध परेको रिट माथिको सुनुवाइ स्थगित



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकमा कुलमान घिसिङको नियुक्तिविरुद्ध परेको रिटको सुनुवाइ शुक्रबार स्थगित भएको छ ।

सरकारले प्राधिकरणको कार्यकारी निर्देशकमा घिसिङलाई नियुक्त गरेको विरोधमा पूर्व कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा रिट दायर गरका थिए ।

रिटको पेशी प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासमा चढे पनि रिट निवेदकका कानून व्यवसायीले आजको सुनुवाइ स्थगित गर्न निवेदन दिएका छन् । त्यसपछि सुनुवाइ स्थगित भएको हो ।

यसअघि यही भदौ ८ गते प्रधानन्यायाधीश जबराकै एकल इजलासले मिसिल झिकाउन आदेश दिएको थियो ।

मन्त्रिपरिषद्ले २०७८ साउन २५ मा पूर्व कार्यकारी निर्देशक शाक्यलाई हटाएर उनको स्थानमा कुलमान घिसिङलाई ल्याएको थियो । शाक्यलाई त्यहाँबाट हटाएर उनले खाइपाई आएको तलब भत्ता सुविधासहित जल तथा ऊर्जा आयोगको विशेषज्ञ सदस्यमा नियुक्त गरिएको थियो । तर, आफु प्राधिकरणमै रहनेभन्दै शाक्यले घिसिङको नियुक्ति विरुद्ध रिट दायर गरेका थिए ।

शाक्यलाई तत्कालिन केपी ओली सरकारले २०७७ माघ २६ मा प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  १ : ०३ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार