२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सत्ता गठबन्धन बैठक : अझै फुकेन मन्त्रिपरिषद् विस्तारको गाँठो



काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुले आज पनि मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सकेनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध पाँच दलको बैठक बसेपनि मन्त्रिपरिषद् विस्तारमा ठोस सहमति जुटाउन नसकेका हुन् ।

बैठकमा नेताहरुबीच यसबारे छलफल भए पनि ठोस सहमति नजुटेका कारण एकदुई दिनमा फेरि छलफल गरेर टुंग्याउने गरी सहमति भएको छ । बैठकमा सबै विषयमा कुराकानी भए पनि निर्णयमा पुग्न बाँकी रहेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

गठबन्धन दलहरुको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना मन्त्रीसहित पाँचसदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । तर त्यसपछि आजसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा आलोचना बढिरहेको छ । यद्यपी, दलहरुले भने सहमति जुटाउन सकेका छैनन् । यसअघि शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीको नाम दिन भनेका थिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत संसद्‌मा जारी अवरोध कसरी हटाउने भन्नेबारेमा पनि छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै संसदको चालु अधिवेशन सुरुदेखि अवरुद्ध गर्दै आएको छ ।

 

 

 

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  १२ : ३० बजे

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती

सुन्तला खेतीले फेरिँदै भोजपुरका किसानको जीवनस्तर

भोजपुर । यहाँका किसानका लागि सुन्तला खेती आम्दानीको भरपर्दो आधार

चौबिस घण्टामा देशभर २२ स्थानमा आगलागी

काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिबार

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक आज बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक सोमबार बस्ने

एसीसी यू-१९ एशिया कपमा आज नेपाल र बंगलादेश भिडदै

काठमाडौं । एसीसी पुरुष यू-१९ एशिया कप अन्तर्गत आज नेपालले