२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सत्ता गठबन्धन बैठक : अझै फुकेन मन्त्रिपरिषद् विस्तारको गाँठो



काठमाडौं । सत्तारुढ गठबन्धनका दलहरुले आज पनि मन्त्रिपरिषद् विस्तारबारे निर्णय गर्न सकेनन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ गठबन्धनमा आवद्ध पाँच दलको बैठक बसेपनि मन्त्रिपरिषद् विस्तारमा ठोस सहमति जुटाउन नसकेका हुन् ।

बैठकमा नेताहरुबीच यसबारे छलफल भए पनि ठोस सहमति नजुटेका कारण एकदुई दिनमा फेरि छलफल गरेर टुंग्याउने गरी सहमति भएको छ । बैठकमा सबै विषयमा कुराकानी भए पनि निर्णयमा पुग्न बाँकी रहेको कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काले बताए ।

गठबन्धन दलहरुको तर्फबाट कांग्रेस सभापति शेरबहादुर देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । सोही दिन कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना मन्त्रीसहित पाँचसदस्यीय मन्त्रिपरिषद् गठन भएको थियो । तर त्यसपछि आजसम्म पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा आलोचना बढिरहेको छ । यद्यपी, दलहरुले भने सहमति जुटाउन सकेका छैनन् । यसअघि शुक्रबार बसेको गठबन्धनका शीर्ष नेताहरुको बैठकमा प्रधानमन्त्री देउवाले मन्त्रीको नाम दिन भनेका थिए ।

बैठकमा मन्त्रिपरिषद् विस्तार लगायत संसद्‌मा जारी अवरोध कसरी हटाउने भन्नेबारेमा पनि छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखको भूमिकाप्रति असन्तुष्टि जनाउँदै संसदको चालु अधिवेशन सुरुदेखि अवरुद्ध गर्दै आएको छ ।

 

 

 

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  १२ : ३० बजे

इरानले एकपछि अर्को विमान खसाल्दा युद्धविरुद्ध अमेरिकामा विरोध बढ्दै

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै इरानसँगको

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा