१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बालबालिकालाई असल नागरिक बनाउन सबै अग्रसर हुनुपर्छ : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बालबालिकामा रहेको प्रतिभालाई प्रस्फुटन गराई भविष्यका जिम्मेवार नागरिक बनाउन अग्रसर हुनु राज्यको दायित्व भएको बताएकी छन ।

राष्ट्रिय बाल दिवस २०७८ को अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति भण्डारीले बालअधिकारका सम्बन्धमा व्यवस्था गरिएका संवैधानिक तथा कानूनी प्रावधानको प्रभावकारी कार्यान्वयन गर्न राज्यका तीनै तहका संरचना, अभिभावक, विद्यालय र समग्र समाजको जिम्मेवारी भएको उल्लेख गरेकी छन ।

नेपालले संयुक्त राष्ट्रसङ्घीय बालअधिकारसम्बन्धी महासन्धि अनुमोदन गरी बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बाल सहभागिता जस्ता विषयमा प्रतिबद्धता प्रकट गरेको दिन पारेर हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको राष्ट्रपतिले स्मरण गरेकी छन ।

यो वर्ष पनि ‘सामान्य अवस्था वा कोभिड महामारीः बालअधिकारको संरक्षण हामी सबैको जिम्मेवारी’ भन्ने संकल्पका साथ राष्ट्रिय बाल दिवस विभिन्न कार्यक्रमका साथ मनाइँदै छ । नेपालको संविधानले बालबालिकाको हकलाई मौलिक हकको रूपमा सुनिश्चित गरेको भन्दै राष्ट्रपतिले यसबाट बाल बचाउ, बाल संरक्षण, बाल विकास र बाल सहभागिताजस्ता विषयहरू समेटिँदै बालबालिकाको सर्वाङ्गीण विकासको प्रत्याभूति भएको उल्लेख गरेकी छन ।

संविधानको मार्गदर्शन बमोजिम बालबालिकासम्बन्धी ऐन, २०७५ लागू भई बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषण र संरक्षणजस्ता विषयमा उल्लेख्य कार्यहरू हुँदै आएका छन ।

विश्वव्यापी महामारी कोभिड-१९ का कारण लामो समयदेखि जारी बन्दाबन्दीका कारण बालबालिकाहरूको नियमित पठनपाठनमा अवरोध उत्पन्न भएकामा चिन्ता व्यक्त गर्दै राष्ट्रपतिले भनेकी छन्, ‘देशका दुर्गम गाउँ र बस्तीमा रहने बालबालिकाहरूले अनलाइन कक्षाबाट समेत बञ्चित हुनुपरेको अवस्था छ । १८ वर्षमुनिका बालबालिकाका लागि कोभिड-१९ विरुद्धको खोपको व्यवस्था हुन नसकेका कारण उनीहरू सङ्क्रमणको जोखिममा रहेका छन ।’

बालबालिकालाई महामारीबाट सुरक्षित बनाउँदै बालअधिकारको संरक्षणमा आ-आफ्नो भूमिका निभाउन उनले सम्बद्ध सबै पक्षको ध्यान आकृष्ट गरेकी छन । बालबालिकाको भविष्य सुनिश्चित गर्नका लागि सरकारी निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू, बालअधिकारकर्मी, सामाजिक सङ्घ-संस्था, निजी क्षेत्र, नागरिक समाज तथा अभिभावकहरूले निर्वाह गर्दै आइरहेको भूमिकाको लागि राष्ट्रपतिले सबैलाई धन्यवाद दिएकी छन ।

नेपालले बालअधिकारसम्बन्धी महासन्धि १९८९ लाई १४ सेप्टेम्बर १९९० मा अनुमोदन गरेर बालबालिकाको विकास, बालअधिकारको संरक्षण र बालसहभागिताजस्ता विषयमा आफ्नो अन्तर्राष्ट्रिय प्रतिबद्धता प्रकट गरेको दिनकै अवसरमा नेपालले हरेक वर्ष भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउँदै आएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ७ : १० बजे

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने