६ पुस २०८२, आइतबार | December 21, 2025

बाघले मान्छे खाएपछि पूर्वपश्चिम राजमार्गको बाँके शिवखोला क्षेत्रलाई प्रशासनबाट निषेधित क्षेत्र घोषणा



नेपालगन्ज । पूर्व पश्चिम राजमार्ग अन्तर्गत बाँके खण्डको बाँके निकुञ्ज क्षेत्रमा बाघले मान्छे खाएपछि स्थानीय प्रशासनले राजमार्गको तोकिएको क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरेको छ । बाँकेको गाभर क्षेत्रमा एकजना होटलमा काम गर्ने भारतीय मजदुरलाई बाघले खाएपछि प्रशासनले पैदलयात्रु, साईकल तथा मोटरसाईकलमा यात्रा गर्न निषेध गरेको हो ।

जिल्ला प्रशासन कार्यालय बाँकेले एक सूचना प्रकाशित गर्दै राजमार्गको शिवखोला क्षेत्रमा साँझ ७ बजेबाट बिहान ६ बजेको समयमा पैदल, साईकल र मोटरसाईकलमा यात्रा गर्न निषेध गरेको जनाएको छ । भाद्र २८ गते बिहानै बाघले एकजनाको ज्यान लिएको र सोही क्षेत्रमा बाघको आउने जाने क्रम पनि देखिएको भन्दै प्रशासनले स्थानीय सर्वसाधारणलाई सतर्क रहन समेत सूचित गरेको छ ।

प्रशासनले प्राबिधिक सहितको टोली परिचालन गरि बाघ नियन्त्रणमा लिने प्रयास भईरहेको जनाउँदै अर्को सूचना जारी नहुँदा सम्म निषेधको निर्णय लागु हुने जनाएको छ ।

२८ गते बिहान स्थानीय होटलका कामदारलाई बाघले खाएको थियो । अघिल्लो राती देखि हराईरहेका उनको सबै शरिर बाघले खाएको अवस्थामा खुट्टामात्र भेटिएको थियो । त्यस लगत्तै स्थानीयले सोही क्षेत्रमा बाघ र बघीनी एकसाथ बसिरहेको अवस्थामा देखेका थिए ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  १० : ०४ बजे

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको

नेपालगन्जबाट ५४ ग्राम बढी ब्राउनसुगर सहित २ जना पक्राउ

नेपालगन्ज । बाँके प्रहरीले नेपालगन्ज बजार क्षेत्रबाट ठुलो परिमाणमा लागु

‘चीन–नेपाल सम्बन्ध अद्वितीय छ’

काठमाडौँ । नेपालका लागि चीनका राजदूत छन सङले चीन र