१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

गैंडाकोटमा सवारी दुर्घटना, ३ जनाको मृत्यु



चितवन । पूर्वपश्चिम राजमार्ग अन्तर्गत गैंडाकोट नगरपालिका–१० स्थित २३ स्मृति पुल नजिक आज बिहान भएको सवारी दुर्घटनामा ३ जनाको ज्यान गएको छ । २३ स्मृति पुल नजिकको सिंगललेनको डाइभर्सनमा पूर्वबाट पश्चिम आउँदै गरेको ना६ख७१२६ नम्बरको ट्रकले पश्चिम जाँदै गरेको सुप्र.०२००१ ख ११२३ नम्बरको बसलाइ ठक्कर दिँदा बर्दिबासगढका अन्दाजी ७० वर्षीय योगमाया सुवेदी, कञ्चनपुरका ४० वर्षीय रंगी तिरुवा र कञ्चनपुरकै ३५ वर्षीय कृष्ण रानाको मृत्यु भएको हो ।

मंगलबार बिहान भएको दुर्घटनामा गम्भीर घाइते उनीहरुलाई उपचारका लागि चितवन मेडिकल कलेज ल्याउँदै गर्दा मृत्यु भएको थियो । दुर्घटनामा परी घाइते २४ मध्ये २० जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ । प्रहरीका अनुसार घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।

बस ट्रक ठोक्किँदा बस सडकबाट १० फिट तल खोल्सामा खसेको थियो । ट्रक र बसका दुबै चालक घाइते छन् । उनीहरूको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  १० : ३९ बजे

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख