६ पुस २०८२, आइतबार | December 21, 2025

महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन



काठमाडौं । कोरोना भाइरसको कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको छ ।

भाइरसको कारण स्थगित भएको ्परीक्षा आजबाट सञ्चालन गर्न लागिएको हो । परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । यस पटक होम सेन्टर तय गरिएको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दूरी पालना गरी परीक्षा संचालन गरिने बोर्डले जनाएको छ । त्यसैअनुसार परीक्षा केन्द्रलाई निर्देशन दिइएको छ ।

१८ वर्ष नाघेका कक्षा १२ का विद्यार्थीलाई भने कोरोना विरुद्धको खोप लगाइएको छ । कक्षा १२ को परीक्षा असोज ८ गतेसम्म संचालन हुने बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बताए ।

यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा स्थगित गरिएको थियो । त्यसअघि वैशाखमा पनि परीक्षाको तयारी गरिएको थियो ।
आजबाट सुरु हुने यो परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन् ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ८ : ०० बजे

त्रिवि दीक्षान्त समारोह : बुटवलका एक विद्यार्थीले पाउँदैछन् तीनवटा पदक

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५१औँ दीक्षान्त समारोहमा सर्वोकृष्ट अङ्क ल्याउने

फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान

बुटवल । बुटवलमा जारी औद्योगिक प्रदर्शनीमा नेपाल पत्रकार महासंघ रुपन्देहीले

प्रधानमन्त्री भेट्न रवि लामिछाने रास्वपा नेताहरुसहित पुगे बालुवाटार

काठमाडौँ । हिरासत मुक्त भएको तेस्रो दिन राष्ट्रिय स्वतन्त्र पार्टी

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौँ । सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

बाँकेका पत्रकारहरुले गरे रक्तदान, सतक रक्तदाता जयसवाल सम्मानित

नेपालगन्ज । नेपाल पत्रकार महासंघ बाँके शाखाको आयोजनामा रक्तदान गरिएको