१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

महामारीका कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन



काठमाडौं । कोरोना भाइरसको कारण स्थगित भएको कक्षा १२ को परीक्षा आजबाट सञ्चालन हुन लागेको छ ।

भाइरसको कारण स्थगित भएको ्परीक्षा आजबाट सञ्चालन गर्न लागिएको हो । परीक्षाको सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

बोर्डका अनुसार आज बिहान ११ बजेदेखि २ बजेसम्म परीक्षा सञ्चालन हुनेछ । यस पटक होम सेन्टर तय गरिएको छ ।

सरकारले तोकेको स्वास्थ्य मापदण्ड र सामाजिक दूरी पालना गरी परीक्षा संचालन गरिने बोर्डले जनाएको छ । त्यसैअनुसार परीक्षा केन्द्रलाई निर्देशन दिइएको छ ।

१८ वर्ष नाघेका कक्षा १२ का विद्यार्थीलाई भने कोरोना विरुद्धको खोप लगाइएको छ । कक्षा १२ को परीक्षा असोज ८ गतेसम्म संचालन हुने बोर्डका सदस्यसचिव दुर्गा अर्यालले बताए ।

यसअघि साउन ३१ गतेबाट हुने भनिएको परीक्षा स्थगित गरिएको थियो । त्यसअघि वैशाखमा पनि परीक्षाको तयारी गरिएको थियो ।
आजबाट सुरु हुने यो परीक्षामा तीन लाख ७४ हजार विद्यार्थी सहभागी हुँदैछन् ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ८ : ०० बजे

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार