१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

निमोनियाका कारण रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु



बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस)भैरहवामा निमोनियाको उपचार गराइरहेका ४५ वर्षीय चौहानको गएराति साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए ।

लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका चौहान तीन दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पोख्रेलले जानकारी दिए ।

चौहान नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वकार्यसमिति सदस्य हुन् । दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् ।

चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुस्ख व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ८ : १८ बजे

लमजुङमा पहिरोले धन्सार घर भत्किँदा बुबा-छोरीको मृत्यु, दुई जना घाइते

गोरखा । लमजुङको मध्यनेपाल नगरपालिका-७ भाटबेशीमा पहिरोले धन्सार घर भत्किँदा

काँकरभिट्टाको एक विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

झापा । यहाँको मेचीनगर नगरपालिका-६ काँकरभिट्टास्थित अरुणोदय इङ्लिस बोर्डिङ स्कुलको

आज देशभरका अस्पतालहरुमा आकस्मिकबाहेकका सबै स्वास्थ्य सेवा बन्द हुने

काठमाडौं । चिकित्सकमाथि भएको हातपातको विरोधमा नेपालभरका अस्पतालमा आज आकस्मिकबाहेकका

बजेट कार्यान्वयनबारे अर्थमन्त्री वाग्लेले आज उद्योगपतिसँग छलफल गर्ने

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज विभिन्न उत्पादनमूलक उद्योगका

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी