२३ चैत्र २०८२, सोमबार | April 6, 2026

एमाले विभाजनको प्रयासलाई विफल बनाएर छाडिने : विष्णु पौडेल



बुटवल । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले एमालेलाई विभाजित गर्ने प्रयास गरे पनि यसलाई आफूहरुले सफल हुन नदिने बताएका छन् । विगतमा पनि एमाले विभाजन गर्ने प्रयास असफल भएको बताउँदै उपमहासचिव पौडेलले विभाजनका कुनै पनि प्रयासहरु रुपन्देहीमा काम नलाग्ने दाबी गरे ।

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै उपमहासचिव पौडेलले नेकपा एमाले विभाजित नभई केही स्वार्थी र महत्वकांक्षी तत्वहरु छुट्टिएको बताए । केही समय पार्टी भित्र स्वार्थकेन्द्रित लडाई भएको उल्लेख गर्दै उनले माधवकुमार नेपालले आफ्नै पार्टीको सरकारलाई ढालेर नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउन आत्मघाति काम गरेको आरोप लगाए । नेकपा (एकीकृत समाजवादी) का बारेमा धेरै टिप्पणी र चिन्ता गर्नु नपर्ने उल्लेख गरे सो पार्टीमा केही झुण्डहरु लागेको भने स्विकार गरे ।

एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड माधव र कांग्रेसमा नरहेको भन्दै उनले सबै मिलेर बनेको गठबन्धनलाई परास्त गरिने र माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने दावी गरे ।

नेता पौडेलले केही महिनाका लागि नेकपा एमाले प्रतिपक्षमा भए पनि छिट्टै बहुमतका साथ फेरी सरकारमा जाने बताए । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २ महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै देउवा सरकारलाई तालातुली सरकारको संज्ञा दिए ।

वर्तमान सरकारले आलोचनात्मक कदम बाहेक केही गर्न नसकेको टिप्पणी गर्दै उनले देउवा नेतृत्वको सरकार जनताप्रति जिम्मेवार नभएको उल्लेख गरे ।

प्रकाशित मिति : ३० भदौ २०७८, बुधबार  ४ : ०६ बजे

कार्यालय समय पालना भए/नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारको शासकीय सुधारसम्बन्धी योजनाअनुसार सार्वजनिक

लुम्बिनी प्रदेशसभा बैठक : सरकारप्रति प्रश्न र सुझाव

लुम्बिनी । लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा प्रदेशसभा सदस्यहरूले समसामयिक

गौतमबुद्ध विमानस्थल सञ्चालनका लागि भारतसँग कुरा गर्न प्रधानमन्त्रीलाई वर्षमानको आग्रह

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका नेता तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले

तटस्थ, निष्पक्ष र समन्वयकारी भूमिका निर्वाह गर्ने सभामुख अर्यालको प्रतिबद्धता

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले सङ्ख्याका आधारमा कुनै भेदभाव

आफैले चलाएको ट्याक्टरले च्यापेर चालकको मृत्यु

पाल्पा । पाल्पामा ट्याक्छर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ