२२ बैशाख २०८१, शनिबार | May 5, 2024

आजबाट देशका विभिन्न शहरहरुमा सरकारको सहुलियत पसल, के केमा पाईन्छ छुट ? (सूचीसहित)



काठमाडौं । विगतका वर्षहरु जस्तै यसवर्ष पनि सरकारले दशै, तिहार र छठ पर्वलाई लक्षित गर्दै देशभर सहुलियत पसलहरु संचालन गर्ने भएको छ । आज (शुक्रबार) देखि देशका विभिन्न स्थानमा दशैं, तिहार र छठ पर्वलाई लक्षित गर्दै सहुलियत पसल सञ्चालनमा ल्याएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेशनमार्फत सरकारले देशका ८५ स्थानमा पसल सञ्चालनमा ल्याएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

सहुलियत पसलमा दैनिक उपभोग्य वस्तुहरु दाल, चामल, चिनी, नून र खानेतेल लगायतका वस्तु बिक्रीमा राखिने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । दुग्ध विकास संस्थानको पहुँच भएका स्थानहरुमा ती पसलहरुमा दुध समेत सहुलियत मुल्यमा उपलब्ध हुने जनाईएको छ ।

व्यापार कम्पनीले देशभरका ४३ स्थानमा, कर्पोरेशनले ३२ र राष्ट्रिय दुग्ध विकास संस्थानले १० स्थानमा सहुलियत पसल सञ्चालनमा ल्याउने भएका हुन् । आजदेखि सञ्चालनमा ल्याइएको सहुलियत पसल कात्तिक २४ गतेसम्म चल्ने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। ब्यापार कम्पनी र कर्पोरेशनले घुम्ती पसल समेत सञ्चालनमा ल्याउने बताएका छन् ।

चाडपर्व आउँदै गर्दा खाद्यान्नको मूल्यमा वृद्धि रोक्न सरकारी कम्पनीमार्फत व्यापार गर्न लागिएको व्यापार कम्पनीकी सूचना अधिकारी शर्मिला न्यौपाने सुवेदीले बताईन् ।

के केमा पाईन्छ सहुलियत ? (प्रतिकेजी(लिटर)

नून – २ रुपैयाँ

तेल (तोरी) – ५ रुपैयाँ

तेल (सूर्यमुखी) – ५ रुपैयाँ

तेल (भटमास) – १० रुपैयाँ

चिनी – ५ रुपैयाँ

दाल – ५ रुपैयाँ

चिउरा – ५ रुपैयाँ

आटा – ५ रुपैयाँ

चामल – ५ रुपैयाँ

खासी/बोका (जिउँदो) – १० रुपैयाँ

सिमी – १० रुपैयाँ

फापर – १० रुपैयाँ

 

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : ०७ बजे

लुम्बिनी प्रदेशका सभामुखसहितको टोली चीन भ्रमणमा

दाङ । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीसहितको टोली एकसाताका लागि

पत्रकार सुरक्षित नभई समाचारमा निष्पक्षता कायम हुनसक्दैनः कानुनमन्त्री गिरी

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले पत्रकार

धुञ्चे गोसाइँकुण्ड केबुलकार निर्माण गर्नुपर्छ : केपी ओली

रसुवा । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा

बागमती प्रदेशमा नेवारी र तामाङ भाषालाई सरकारी कामकाजमा प्रयोग गरिने

हेटौडा । बागमती प्रदेश संस्कृति, पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले

तिक्तता र गुटबन्दीलाई लिएर सधैं हिडिराख्नु राम्रो होइन : डा. शेखर कोइराला

कोहलपुरं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले राष्ट्र नै