१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बँदेल नियन्त्रणका लागि थापिएको विद्युतिय धरापमा परि बर्दियामा एकाघरका ३ जनाको ज्यान गयो



बर्दिया । जंगली बँदेललाई धपाउन थापेको विद्युतीय पासोमा परी बर्दियामा ३ जनाको ज्यान गएको छ । ठाकुरबाबा नगरपालिका ३ गोदाना गाउँमा एकै घरका तीनजनाको विद्युतिय धरापमा परि मृत्यु भएको हो ।

शुक्रबार राति स्थानीय राजबहादुर शाहीको खेतमा पानी हेर्न गएका बेला शाहीले बँदेल धपाउन धान खेतमा लगाएको विद्युतीय धरापमा परि ३५ वर्षीय बालकृष्ण थारू, उनकी श्रीमती ३० वर्षीया सुनिता र बालकृष्णकी भाउजु ४५ वर्षीया बेलमतीको मृत्यु भएको बर्दिया प्रहरीले जनाएको छ ।

धानखेतमा करेन्ट प्रवाह गरेको आरोपमा स्थानीय ८२ वर्षीय राजबहादुर शाहीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक इश्वर कार्कीले बताए ।

बर्दिया निकुञ्जबाट निस्कने बंदेलले ठुलो अनुपातमा धानबाली नष्ट गर्न थालेपछि लामो समयदेखि बर्दिया र यस आसपासका क्षेत्रमा बंदेलबाट धानबाली जोगाउन विद्युतिय धराप थाप्ने गरिन्छ । यस अघि पनि विद्युतिय धरापमा परि दुईवटा जंगली हात्ती र एक जना युवाको ज्यान गएको थियो ।

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  ८ : २६ बजे

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौं । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका