३ पुस २०८२, बिहिबार | December 18, 2025

उदयपुरमा थप एकजनामा कोरोना संक्रमणको पुष्टि, संक्रमितको संख्या ३२ पुग्यो



काठमाडौ । उदयपुरका थप एक पुरुषमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्राललयले मंगलबार गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटा ३३ वर्षीय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेका हुन् । उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला स्वाब परीक्षण गरिएको हो ।

नयाँ संक्रमित उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदकै रहेको बताइएको छ । यसअघि मस्जिदमा रहेका १३ जनामा कोरोना संक्रमण देखिएको थियो ।

नेपालमा कोरोना संक्रमण देखिएकामध्ये चारजना निको भएर घर फर्किएका छन् । तीमध्ये काठमाडौंको टेकु अस्पतालबाट दुईजना, बागलुङस्थित धौलागिरि अस्पतालबाट एकजना र कैलालीस्थित सेती अस्पतालबाट एकजना उपचार गरेर घर फर्किएका हुन् ।

अहिले विभिन्‍न अस्पतालमा २७ जना संक्रमितको उपचार भइरहेको छ। टेकु अस्पतालमा एक, पर्सास्थित नारायणी क्षेत्रीय अस्पतालमा चार, बाग्लुङको धौलागिरि अस्पतालमा अस्पतालमा एक, सेती अस्पतालमा चार, विराटनगरस्थित कोरोना अस्पतालमा १३ जना र चितवनस्थित कोरोना अस्पतालमा दुईजनाको उपचार भइरहेको छ ।

प्रकाशित मिति : ९ बैशाख २०७७, मंगलबार  ५ : ४७ बजे

अध्यक्षमा केपी ओली सहज विजयउन्मुख अवस्थामा

काठमाडौँ । नेकपा एमालेको महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि भइरहेको मतगणनामा

महाकाली पुल र बस्ती बचाउन तटबन्धको काम वर्षायाम अघि नै सम्पन्न गरौं : मन्त्री घिसिङ

कञ्चनपुर। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

जाँचबुझ आयोगद्वारा तत्कालीन आईजीपी खापुङसँग पुनः बयान

काठमाडौं। २३ र २४ भदौमा भएका घटनाको छानबिनका लागि गठित

सुनको मूल्य तोलामा २ लाख ६० हजार ४०० रुपैयाँ, चाँदीको पनि बढ्यो

काठमाडौं । बिहीबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको

अध्यक्षमा ओली तेब्बर मतले अगाडि, महासचिवमा शंकरलाई पछ्याउँदै सुरेन्द्र

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि जारी मतगणनामा