२५ माघ २०८२, आइतबार | February 9, 2026

बैतडीमा अनन्त चतुर्दशीको मेला सम्पन्न



बैतडी । बैतडीको प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा भव्य मेला लागेको छ । हरेक वर्ष निङ्गलाशैनी भगवती मन्दिरमा अनन्त चतुर्दशीको अवसरमा पूजाआजासहित जात्रा लाग्ने गर्छ ।

निङ्गलाशैनी भगवती मन्दिरमा अन्य जात्राको समयमा बलि चढाइने भए पनि यो जात्रामा बलि नचढाइने निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मानबहादुर बोहराले बताए ।

तीन दिनअघिदेखि मेला सुरु भई पूर्णिमाको बिहान मेला सकिने बोहराले जानकारी दिए । यस मेलामा सोराड र बैतडी सदरमुकाम क्षेत्रबाट दर्शनार्थी आउने गरेको उनले बताए ।

यस जात्रालाई स्थानीय भाषामा ठूली जात भन्ने चलन रहिआएको छ । जात्राको अवसरमा ठाडो खेल, देउडा खेललगायतका सांस्कृतिक खेल पनि हुने गरेका छन् । अनन्त चतुर्दशीको मेला भाद्र शुक्ल त्रयोदशीबाट सुरु भएर पूर्णिमाका दिन सकिन्छ ।

मेलामा दिनरात मन्दिरमा जाग्राम बस्ने भक्तजनको समेत घुइँचो लाग्ने गर्छ । निङ्गलाशैनी भगवतीको दर्शन गरेमा मनोकामना पूर्ण हुने जनविश्वास रहिआएको स्थानीय बहादुर बोहराले बताए ।

बिगतमा निकै चहलपहल हुने जात्रामा यसपालि कोरोनाको प्रकोपका कारण भिडभाड कम गर्न अस्थायी पसलहरू थाप्न रोक लगाएको छ भने मदिरा निषेधित क्षेत्र घोषणा गरिएको दशथचन्द नगरपालिका-२ का वडा अध्यक्ष रनबहादुर बोहराले बताए । मेलामा आउने भक्तजनका लागि मास्कको प्रयोग अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  ६ : ५८ बजे

अण्डाको मूल्यमा भारी गिरावट

चितवन । अण्डाको मूल्यमा भारी गिरावट आएको छ । नेपाल

दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा

काठमाडौं । दुर्गा प्रसाईं हाजिरी जमानीमा रिहा भएका छन्। विवादास्पद

सुदुरपश्चिम प्रदेशसभामा नेकपाको समायोजन

धनगढी । सुदूरपश्चिम प्रदेशसभामा साविकको नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत

ऐतिहासिक जित नजिक पुगेर नेपाल इंग्ल्याण्डसँग ४ रनले पराजित

काठमाडौं । आईसीसी पुरुष टी-२० विश्वकप २०२६ अन्तर्गत विश्व च्याम्पियन

कांग्रेस अनुशासन समितिको संयोजकमा गुरुङ

काठमाडौं । नेपाली कांग्रेसले केन्द्रीय सदस्य तारामान गुरुङको संयोजकत्वमा केन्द्रीय