१५ चैत्र २०८२, आइतबार | March 29, 2026

रुपन्देहीका अधिकांश विद्यालय सोमबारबाट सञ्चालन हुने



बुटवल । दोस्रो लहरको कोरोना महामारीसँगै विगत ५ महिना देखि पूर्णरुपमा बन्द भएका रुपन्देहीका विद्यालय सोमबाट सञ्चालनमा आउने भएका छन् । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको दर कम भएका स्थानीय तहलाई विद्यालय सञ्चालनका लागि स्विकृति दिएसँगै रुपन्देहीका बिद्यालयहरु सञ्चालनमा आउन थालेका हुन् । कोरोनाको जोखिमका कारण बैशाखको पहिलो हप्तादेखि रुपन्देहीका बिद्यालयहरु बन्द छन् ।

जिल्ला प्रशासनले १६ वटै स्थानीय तहरुलाई कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गर्दै सावधानी अपनाएर विद्यालय सञ्चालन गर्न अनुमति दिएको साहयक प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले जानकारी दिए । डिसिसिएसीको बैठकको निर्णय अनुसार जिल्ला प्रशासनले विद्यालय सञ्चालन गर्ने अधिकार स्थानीय तहलाई प्रदान गरेको हो ।

प्रशासनको सहमतिसँगै देवदह नगरपालिकामा भाद्र २७ गतेबाटै बिद्यालय खुलिसकेका छन् भने तिलोत्तमामा भोली सोमबाट बिद्यालय खुल्ने भएको छ । सैनामैनामा पनि बिद्यालय खोल्न नगर पालिकाले बिद्यालयहरुलाई सहमती दिइसकेको छ ।

बुटवल उपमहानगरमा पनि स्वास्थ्य सतर्कता अपनाउँदै विद्योलय सञ्चालन गर्ने सहमति भएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले बताए । उपमहानगरको शिक्षा महाशाखाबाट अवस्थाको अनुगमन गरेर छिट्टै विद्यादय सञ्चालनमा आउने प्रवक्ता रेग्मीले बताए । सिफ्ट अनुसार पढाई सुचारु गर्ने विषयमा पनि छलफल भएको उनले बताए ।

रुपन्देहीका अधिकांस गाँउपालिकाहरुका विद्यालय सञ्चालनमा आईसकेका छन् भने केही स्थानीयतहमा आईतबारबाट विद्यालय सञ्चालनमा आउने तयारी भएको छ ।

लामो समयसम्मको कोरोना महामारीका कारण विद्यालयहरु बन्द भएका कारण जिल्लामा विद्यार्थीको संख्या एकिन गर्न कठिनाई भएको शिक्षा कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रकाशित मिति : ३ आश्विन २०७८, आइतबार  १० : १८ बजे

बेटिङ एप र वेबसाइट बन्द गर्न प्राधिकरणलाई निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप

रविको अभियोगपत्र फिर्ता विरुद्धको रिट सर्वोच्चको पूर्ण इजलासमा सुनुवाइ हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने विरुद्धको

ओलीको बन्दी प्रत्यक्षीकरण रिटमा सोमबार सर्वोच्चमा सुनुवाइ

काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई

सरकारको पहिलो कामलाई लगानीकर्ताको रेडलाइट, नेप्सेमा ७१ अङ्कको गिरावट

काठमाडौं । नयाँ सरकार गठन भएपछिको पहिलो कारोबार दिन आज

नेकपा संसदीय दलको नेतामा प्रचण्ड चयन

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको नेतामा पुष्पकमल