५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले अध्यक्ष ओलीद्वारा दायर रिटमाथिको सुनुवाइ न्यायाधीसद्वय कार्की र चुडालको इजलासमा



काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटा, निर्वाचन आयोग र नेकपा एकीकृत समाजवादी विरुद्ध नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ ।

न्यायाधीसद्वय दीपककुमार कार्की र कुमार चुँडालको संयुक्त इजलासमा सुनुवाइ हुन लागेको हो । पार्टीले निस्काशन गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै ओलीले सभामुख सापकोटा विरुद्ध रिट दायर गरेका थिए ।

सभामुख सापकोटाले १४ सांसदलाई पदमुक्त गरेको सूचना नियतवस नटाँसेर पार्टी फुटाल्ने मतियार बनेको आरोप लगाएका छन् । तीनै निस्काशित व्यक्तिको सनाखत गरे.र नयाँ दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई र एकीकृत समाजवादीलाई पनि विपक्षी बनाइएको छ ।

ओलीको पक्षमा अन्तरिम आदेश जारी भएमा एकीकृत समाजवादीमा रहेका माधवकुमार नेपालसहित १४ जना सांसदको पद गुम्नेछ । अन्तरिम आदेश जारी नभएमा भने उनीहरुलाई राहत मिल्नेछ ।

अदालतमा मुद्दा दायर गरेको एमालेले १४ सांसदलाई कारवाही नगरेको भन्दै संसदभित्र सभामुख सापकोटाको विरुद्ध निरन्तर रोष्टम घेराउ गरिरहेको छ ।

 

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  ११ : ०७ बजे

बागमती प्रदेशसभाको बैठक पुस तेस्रो साता बोलाउने तयारीमा सरकार

बागमती । बागमती प्रदेशसभाको बैठक यही पुसको तेस्रो साता बोलाउने

राहुघाट जलविद्युत् आयोजना – ९० प्रतिशत बढी भौतिक प्रगति

म्याग्दी । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक

जेनजी सहिदकी आमाको सन्देश – ‘सरकारले जनताको भलो गरोस्’

काठमाडौं । जेनजी आन्दोलनका क्रममा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी–८ का उमेश

देउवाले पार्टी उपसभापति र महामन्त्रीहरूसँग कुरा गर्दै

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पार्टीका उपसभापति तथा

काठमाडौंमा आज नेकपाको एकता सन्देश सभा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आज शनिबार काठमाडौंमा एकता