११ श्रावण २०८३, सोमबार | July 27, 2026

एमालेको चर्को नारावाजीका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित



काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुको चर्को नारावाजी र रोष्टम घेराउका बीच प्रतिनिधिसभाबाट विनियोजन विधेयक पारित भएको छ । एमालेको नारावाजीका बीच सभामुख अग्निप्रसाद सापकोटाले बहुमतले बजेट पारित भएको बताए ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले पेश गरेको विनियोजन विधेयक बहुमतले पारित भएको हो । यससँगे २०७८/०७९ को बजेट पारित भएको छ । बजेट पारित भएसँगै अब सरकारलाई खर्च गर्ने बाटो खुलेको छ । गत भदौ ३० गते अघिल्लो आर्थिक अध्यादेशको समय सकिएको थियो । त्यससँगै सरकारलाई धुकुटीबाट खर्च गर्न बन्देज लागेको थियो ।

विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले पूर्ववर्ती सरकारले ल्याएको बजेटमा तीन प्रतिशत बजेट मात्रै हेरफेर गरिएको तथा राष्ट्रहित र जनआकाङ्क्षालाई प्राथमिकतामा राखेर बजेट व्यवस्था गरिएको बताएका थिए ।

प्रतिनिधिसभाबाट पारित विनियोजन विधेयक राष्ट्रियसभामा जानेछ । राष्ट्रियसभाले पारित गरेपछि विधेयक कार्यान्वयनमा आउनेछ ।

अर्थमन्त्री शर्माले गत भदौ २५ गते चालू आर्थिक वर्षका लागि अघिल्लो अर्थमन्त्री विष्णु पौडेलले ल्याएको बजेटलाई संशोधन गर्दै १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेट पेस गरेका थिए ।

प्रकाशित मिति : ४ आश्विन २०७८, सोमबार  १२ : २४ बजे

नागढुङ्गा सुरुङमार्गले समृद्धिको आशा जगाउँदै

काठमाडौं । नेपाली जनताको वर्षौंदेखिको सुरुङमार्गमा सवारीसाधन गुडाउने सपनाले मूर्तरुप

रोटरी क्लब अफ बुटवल चौतारीद्वारा वृक्षारोपण

बुटवल । रोटरी क्लब अफ बुटवल चौतारीले आफ्नो वार्षिक कार्ययोजना

जनताको अपेक्षा र नेतृत्वको चाहनाअनुसार काम गर्ने कानुन चाहिन्छ : मन्त्री गौतम

चितवन । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले जनताको

कर्फ्युका बीच सुनसरीको कप्तानगन्ज क्षेत्रमा प्रदर्शन, सरकारद्वारा छानबिन समिति गठन

इनरुवा । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्जमा आइतबार मध्यराति दुई समुदायबीच

खजुरा क्षेत्रमा अव लो भोल्टेजको समस्या नआउने

खजुरा । उपभोक्ताहरुबाट लामो समयदेखि लो भोल्टेजको गुनासो आएपछि विद्युत