२१ असार २०८३, आइतबार | July 5, 2026

अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलन एक हप्ता पछि सर्‍यो



काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी संगठन अनेरास्ववियू (क्रान्तिकारी)को २२ औं राष्ट्रिय सम्मेलन एक साता पछि सरेको छ ।

यही असोज ८, ९ र १० गते काठमाडौंमा गर्ने भनिएको राष्ट्रिय सम्मेलन अब १४,१५ र १६ गते हुनेभएको छ । सम्मेलनको पूर्वतयारी नसकिएकोले एकसाता पछि सारिएको अखिल क्रान्तिकारीले जनाएको छ । हालसम्म ५५ जिल्लामा सम्मेलन सकिएको छ । तर काठमाडौंसहित केही जिल्ला र केही प्रदेशको सम्मेलन बाँकी रहेको बताइएको छ ।

सम्मेलन सार्नुअघि क्रान्तिकारीका नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग मंगलबार भेट गरेका थिए । त्यसक्रममा उनीहरुले सम्मेलनको तयारीको बारेमा अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए ।

सम्मेलन सर्नुमा क्रान्तिकारीको नेतृत्व चयनलाई सर्वसम्मत बनाउने प्रयास रहेको पनि बताइएको छ । नेतृत्व चयन गर्न नसक्दा योङ कम्युनिष्ट लिग (वाईसीएलको राष्ट्रिय भेलाल केन्द्रीय समितिमा मात्र चयन गरेको थियो । क्रान्तिकारीमा पनि नेतृत्वका लागि दुई विद्यार्थी नेता सुरेन्द्र बस्नेत र पञ्चा सिंहबीच तिब्र प्रतिस्पर्धा चलिरहेको छ ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  ११ : ०९ बजे

जोखिममा परेका बालबालिकालाई सहयोग

कालीकोट । कालीकोटको तिलागुफा नगरपालिकाले जोखिममा परेका बालबालिकालाई खाद्यान्न तथा

सर्लाहीमा अत्यधिक गर्मीले सर्पको बिगबिगी

सर्लाही । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा सर्पको

पातपतिङ्गरबाट प्राङ्गरिक मल

गोरखा । गोरखाको चारवटा सामुदायिक वन समूहले वनजङ्गलमा कुहिएर खेर

एम्बाप्पेको निर्णायक गोलमा फ्रान्स क्वाटरफाइनलमा प्रवेश

काठमाडौं । उपाधिको प्रमुख दाबेदार फ्रान्स फिफा विश्वकप २०२६ को

हात्तीको आक्रमणमा आमाछोराको मृत्यु

चितवन । चितवनको भरतपुर महानगरपालिका-२३ बेलहट्टामा हात्तीको आक्रमणबाट आमाछोराको मृत्यु