२९ मंसिर २०८२, सोमबार | December 15, 2025

मुस्ताङमा नयाँ प्रजातिका चरा



मुस्ताङ । मुस्ताङमा नयाँ प्रजातिको चरा भेटिएको छ । लोमान्थाङ गाउँपालिका–५ केकीघाङमा ‘इउरोपियन रोलर’ जातको चरा भेटिएको हो । अन्नपूर्ण संरक्षण आयोजना (एक्याप)को जोमसोमस्थित इलाका संरक्षण कार्यालयका प्रमुख संरक्षण अधिकृत ऋषि बरालले यो चरा नेपालमै पहिलो पटक लोमान्थाङमा भेटिएको बताए ।

“एक्याप लोमान्थाङका कर्मचारी रामबहादुर गुरुङले तीन हजार ७८१ मिटरको उचाइबाट गत भदौ १३ गते खिच्नुभएकोे सो चरा चराविद् डा हेमसागर बराल र सोम जिसले इउरोपियन रोलर भएको पुष्टि गर्नुभएको हो,” संरक्षण अधिकृत बरालले भने, “विदेशी चराविद् टिम् इन्स्कीप र क्यारोल इन्स्कीपले पनि यो चरा नेपालका लागि नयाँ भएको प्रमाणित गरेका छन् ।”

केकीघाङमा नयाँ प्रजातिको चरा देखेर तस्बिर खिचेको तीन दिनपछि पनि ती चरा त्यही भेटिएको कर्मचारी गुरुङले बताए । “लोमान्थाङदेखि करिब ८०० मिटर पूर्व खेतको पर्खालमा पहिलो पटक दिउँसो १।११ बजे सो चराको तस्बिर खिचेको थिएँ,” उनले भने “दोस्रो पटक पिपलको रुखमा बसेका बेला बिहान १० बजे तस्बिर खिचेको थिएँ ।”

नयाँ चरा देखिएपछि संरक्षण अधिकृत बरालले थप पुष्टिका लागि चराविद्लाई पठाउनुभएको थियो । भँङ्गेराभन्दा केही ठूला इउरोपियन रोलरको पखेटा खैरो, खुट्टासँगैको भाग निलो र घाँटी तथा टाउकोमा खैरो र सेतो मिसिएको प्वाख हुन्छ । कास्की, लमजुङ, मनाङ, मुस्ताङ र म्याग्दी जिल्ला समेटिएको एक्यापभित्र यसअघि ५१८ प्रजातिका चरा भेटिएका थिए ।

स्वास्थ्य क्षेत्रमा काम गर्नुहुने गुरुङ चरामा पनि रुचि देखाउँछन् । जहाँ जाँदा पनि क्यामेरा लिएर हिँड्ने क्रममा नयाँ जातको चराको तस्बिर खिच्न सफल हुनुभएका उहाँ त्यसबखत छोजुङ गुम्बामा वैकल्पिक पदमार्ग अध्ययनका लागि स्थानीयवासीसँग जाँदै थिए ।

प्रकाशित मिति : ५ आश्विन २०७८, मंगलबार  १२ : ४२ बजे

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष

एमालेमा मन र मत मिलाउने प्रयास

काठमाडौं । “अध्यक्ष कमरेड, पार्टीभित्र एकताका लागि सङ्ख्या होइन, मन

कोरलास्थित सीमाक्षेत्रमा संयुक्त गस्ती

मुस्ताङ । नेपाल-चीन उत्तरी कोरलानाकास्थित हिउँमै सीमाक्षेत्रको संयुक्त सुरक्षा गस्ती