१७ बैशाख २०८१, सोमबार | April 29, 2024

बुटवलका मेयरलाई हातपात गर्ने पङ्गेनीलाई सार्वजनिक अपराधको मुद्दा, मिडियामा मुद्दा नचलाउन भनेका मेयरले प्रहरीलाई दिएनन् पत्र



बुटवल । स्थानीय युवाको आक्रमणमा परेका बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले आक्रमण गर्नेका विरुद्ध कुनै मुद्दा नचलाउन आग्रह गरेपनि रुपन्देही प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाएको छ । प्रमुख सुवेदीमाथि हातपात गर्ने गणेश पङ्गेनीलाई प्रहरीले आज सार्वजनिक अपराधको मुद्दा दर्ता गरि थप अनुसन्धानका लागि म्याद थप गरिएको प्रहरीले जनाएको छ ।

सोमबार बिहान बुटवल–३ ज्योतिनगरको पहिरो अवलोकन गर्ने क्रममा उपमहानगर प्रमुख सुवेदीलाई पङ्गेनीले एक्कासी आक्रमण गरी मुक्का प्रहार गरेका थिए । आक्रमण लगत्तै प्रहरीले पङ्गेनीलाई पक्राउ नगर्दा एमाले निकट युवासंघ र स्थानीवासीका बीच सामान्य झडप समेत भएको थियो । घटनाको चौतर्फि विरोध भएपछि मात्र प्रहरीले पङ्गेनीलाई पक्राउ गरेको थियो । उनलाई थप अनुसन्धानका लागि मंगलबार ५ दिनको म्याद थप गरिएको बुटवल इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मनोज कुँवरले जानकारी दिए ।

उपमहानगरका प्रमुख सुवेदीले आफूमाथि आक्रमण गर्ने युवालाई कुनै पनि मुद्दा नचलाउन र हिरासतमा नराख्नका लागि प्रहरीलाई आग्रह गरेपनि प्हरीले स्थलगत मुचुल्का र प्रतिवेदनका आधारमा मुद्दा चलाइृएको डीएसपी कुँवरले बताए । उहाँले मुद्दा नचलाउन भन्नु भएको थियो, तर प्रहरी प्रतिवेदनका आधारमा मुद्दा चलाईयो । उनले भने ।

उपमहानगर प्रमुख सुबेदीले बाढी तथा पहिरो पीडितहरुको आक्रोशलाई स्वभाविक भएको बताउँदै आफ्नो कसैप्रति आग्रह–पूर्वाग्रह नरहेको उल्लेख गरेका थिए । मिडीयामा मुद्दा नचलाउन आग्रह गरेको बताएका उपमहानगर प्रमुख सुबेदीले प्रहरीलाई भने मुद्दा नचलाउने विषयमा कुनै पत्र नदिएको प्रहरीले जनाएको छ ।

 

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ३ : ५६ बजे

चाँडै चीनसँगका १४ नाका सञ्चालनमा ल्याउँछौं : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठले चाँडै चीनसँगका

बुटवल आदर्शनगरको सिद्धेश्वरी सामुदायिक बनको डढेलो बस्ती नजिक झर्दै, सुरक्षा सतर्कता बढाइयो

बुटवल । बुटवल उपमहानगरपालिकाको आदर्शनगर माथिको सिद्धेश्वरी सामुदायिक बनमा लागेको

गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि उत्पादन केन्द्र सञ्चालनमा

गुल्मी । पैचो पसल प्रालीले गुल्मीको छत्रकोटमा पैचो नमुना कृषि

नक्कली सवारी अनुमति पत्र प्रकरण : यातायात कार्यालय बुटवलका शाखा अधिकृत र इन्जिनीयर सहित ३ जना पक्राउ

बुटवल। नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) प्रकरणको जालो बुटवल

१७ वर्षीय किशोरको मलामी बोकेको ट्याक्टरले किचेर ३ वर्षीय बालकको मृत्यु

खजुरा । बाँकेको खजुरामा माटोको ढिस्कोले पुरेर मृत्यु भएका एक