१० माघ २०८२, शनिबार | January 24, 2026

एमाले अध्यक्ष ओलीको टिप्पणी – माधव नेपाल कुहिएर झरेका पात



बर्दिया । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीबाट केही व्यक्तिहरु पात कुहिएर झरेझै झरेको बताएका छन् ।

एमाले जिल्ला कमिटी बर्दियाद्वारा आयोजित अगुवा कार्यकर्ता भेलालाई बुधबार गुलरियामा सम्बोधन गर्दै अध्यक्ष ओलीले पार्टी नफुटेको दाबी गर्दै दुई चारजना कार्यकर्ता मात्रै बाहिरिएको र उनीहरु कुहिएर झरेका पात भएको टिप्पणी गरे । कुहिएको पातले केही लछारपाटो नलाग्ने ओलीले बताए ।

‘पार्टी फुटेको होइन,केही कुहिएर झरेका पात भएको र केही बाहिरिएका मात्रै हुन् । यिनीहरुले कुनै प्रभाव पार्न सक्दैनन् ।’ ओलीले माधवकुमार नेपालको साथमा दुई चारजना कार्यकर्ता मात्रै भएको दाबी गरे ।

अर्को पार्टीले निस्काशन गरेका व्यक्तिहरुको सनाखत लिएर नयाँ दल दर्ता गर्नु ज्यादती भएको ओलीले बताए । यस कार्य विरुद्ध अदालतमा मुद्दा दर्ता गरेको बताउँदै ओलीले भने, ‘अदालतले फैसला गर्‍यो भने त यिनीहरुको पार्टीले मान्यता पाउनै सक्दैन ।’

ओलीले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पनि चर्को आलोचना गरे । पाँच सिट समेत नल्याउने माओवादीलाई आफुले ३६ सिटमा जिताइदिएको दाबी गर्दै उनले प्रचण्डले विनाशको बाटो रोजेको बताए । ओलीले प्रचण्डले जुन हातमा दूध र भात दियौं, त्यहीँ हातले प्रचण्डले टोकेको उल्लेख गरे ।

ओलीले सरकारले गरेको काम र प्रगती देख्न नसकेर प्रतिगामी तत्वहरुले अदालतको साहारामा सरकार ढालेको बताए । ओलीले जनादेशको सरकारलाई हटाएर परमादेशको सरकार बनेको बताउँदै सरकार बनेको लामो समयसम्म पनि पुर्णता पाउन नसकेको बताए ।

सरकार गठन भएको लामो समय सम्म पनि बनाउने भन्दा विगार्ने काम गरेको आरोप लगाउँदै अध्यक्ष ओलीले देशको विकासका लागि पैसा नै नभएको बताउने कस्तो दरिद्रहरुको सरकार हो भनेर प्रश्न गरे । उनले भने, ‘ हामी जाने वित्तिकै पैसा हुन्छ उनीहरु जाने वितिक्कै पैसा छैन । कस्तो दरिद्रहरुको सरकार बनेछ । मन्त्रिपरिषद् विस्तार गर्न नसक्ने सरकारले गरिबहरुलाई जग्गा दिने सुकुम्बासी आयोग खारेज गर्दछ । बनाउन नसक्ने तर भत्काउन विगार्न सक्ने कस्तो सरकार बनेछ ?

प्रकाशित मिति : ६ आश्विन २०७८, बुधबार  ४ : ०९ बजे

महिला टि-२० विश्वकप छनोट : नेपालद्वारा जिम्बाब्वे पराजित

काठमाडौं । पूजा महतोको अर्धशतकमा नेपालले जिम्बाब्वेलाई पराजित गर्दै आइसिसी

प्रचण्डको दाबी – चुनावमा पैसाको चलखेल रोक्न सके नेकपा पहिलो पार्टी बन्छ

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले चुनावका

अध्ययन–अनुसन्धानमा बैंक तथा वित्तीय संस्था कमजोर : अर्थमन्त्री खनाल

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले देशका बैंक तथा वित्तीय संस्थामा

वाणिज्य बैङ्कको निष्क्रिय कर्जा ४.५५ प्रतिशत

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैङ्कको चालु आर्थिक वर्षको

माथिको आदेश भन्दै एयरपोर्टमा ममाथि अपमान गरियो : केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले आफूलाई