१९ बैशाख २०८१, बुधबार | May 2, 2024

जाभा दशै फेष्टो तथा वार्षिकोत्सव



बुटवल । अन्तराष्ट्रिय बजारमा नाम कमाएको जाभा कम्पनीको बाईक रुपन्देहीमा भित्रिएको एकवर्ष पूरा भएको छ । रुपन्देहीमा अमाएरा ट्रेडिङ प्रालिले एक वर्ष अघि भित्राएको हो । पहिलो वार्षिकोत्सवसंगै दशै फेष्टो सप्ताहब्यापी रुपमा मनाउने भएको छ ।

बिहिबार बुटवलमा पत्रकार सम्मेलन गरि पर्यटन प्रवद्घनका कार्यक्रमसहित बुटवल देखि रानीमहल, भैरवस्थानसम्म पर्यटन यात्रा, प्याग्लाईडिङ खेलसमेत गरिने भएको अमाएरा ट्रेडिङ प्रालिका संचालक नरेश जिसिले बताए । समृद्धि रिसोर्टमा वन नाईट स्टेको ब्यवस्था गरिएको उनले बताए ।

एक वर्षको छोटो अवधिमा नै बजारमा राम्रो विक्रि वितरण भैरहेको उनले बताए । ब्यापारसंगै पर्यटन प्रवद्घन गर्ने लक्ष्य रहेको उनले बताए । विहिबार हुने यात्रामा ३५ जना बाईक राईडरहरु सहभागी हुने उनले बताए । यस क्षेत्रका पर्यटकिय क्षेत्रहरुको भ्रमणसंगै दशै अफरमा राईडिङ ज्याकेट, हेल्मेट, लेगार्ड समेत उपलब्ध हुने उनले बताए ।

चेक रिपब्लिकमा निर्माण भएको बाईक अहिले महिन्द्रा कम्पनीले भारतमा उत्पादन गर्दै आएको छ। नेपालमा भने अग्नि ग्रुपले भित्राएको हो । रुपन्देहीमा अमाएरा ट्रेडिङ प्रालिले एक वर्ष अघि भित्राएको हो । विश्वमा नै १९२९ मा पहिलोपटक निकालिएको यो पुरानो बाईक भएको उनले दाबी गरे । विक्रिसंगै सेवासुविधालाई प्राथमिकता दिएसंगै पछिल्लोसमय बाईकको नेपाली बजार राम्रो रहेको उनले बताए ।

शुरुवातमा धेरै युवाहरुमाझ आकर्षक मोडलका कारण नै जाभा क्लासिक, जाभा ४२ गरि ३०० सिसिका र जाभा प्यारेक ३५० सिसिका ३ मोडलमा रहेका छन । सिगल च्यानल एभिएस र डबल च्यानल एभियस गरि यसको विशेषताका आधारमा मूल्य फरक रहेका छन ।

नेपाली बजारमा युवाहरुमाझ धेरै लोकप्रिय रहेको छ । बाईक १४ लिटर पेट्रोल ट्याक र ७ सय ६५ एमएम सिट उचाई भएको, विएसिक्स इन्जिन, लिक्विण्ड कुलिङ इन्जिन र ईएफआई विथ ६ गियर रहेको छ । बाईकको मूल्य ६ लाख २० हजार रुपैयादेखि शुरु भएको छ ।

प्रकाशित मिति : ७ आश्विन २०७८, बिहिबार  ८ : ०९ बजे

नेपालगन्जका महिला पत्रकार श्रेष्ठ र मल्ललाई सञ्चारिका पत्रकारिता पुरस्कार

नेपालगन्ज । लामो समयदेखि पत्रकारितामा सक्रिय नेपालगन्जका २ महिला पत्रकार

धुम्म मौसमले पर्यटनमा असर

पोखरा । पर्यटकीय राजधानी पोखरासहित आसपासका गन्तव्यस्थलको मौसम नखुल्दा पर्यटन

नेपालगन्जमा ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले बरामद

नेपालगन्ज । बाँके प्रहरीले ठुलो परिमाणमा स्क्रीन टच मोबाइल डिस्प्ले

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी