२ पुस २०८२, बुधबार | December 17, 2025

उदयपुर र जनकपुरमा थप २ जनामा कोरोना संक्रमण देखियो, संक्रमितको संख्या ४७ पुग्यो



काठमाडौ । नेपालमा थप २ जनामा कोरोना संक्रमण देखिएको छ । यो सहित नेपालमा कोरोना भाइरसको संक्रमण देखिनेको संख्या ४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार उदयपुरकी ५५ वर्षिय महिला र जनकपुरका १४ वर्षिय एक जनामा कोरोना संक्रमण देखिएको हो ।

मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार यो सहित संक्रमण देखिएको संख्या नेपालमा ४७ पुगेको छ । यी मध्ये ७ जना उपचारपछि निको भइसकेको उहाले जानकारी दिनुभयो ।

बुधबार पनि तीन जनामा संक्रमण देखिएको थियो । बुधबार पिसिआर परीक्षणका क्रममा २४, ६० र ७२ वर्षका तीन जना पुरुषमा कोरोना पोजेटिभ देखिएको डा देवकोटाले जानकारी दिनुभएको थियो ।

मन्त्रालयका अनुसार बुधबार देखिएका तीन जना पनि उदयपुरको एक मस्जिदमा बसेकाहरुको सम्पर्कमा आएका व्यक्ति हुन् ।

संक्रमित तीन जना नै उदयपुरको त्रियुगा नगरपालिका भुल्केका व्यक्तिहरु रहेको बताइएको छ । यो संगै उदयपुरमा संक्रमित हुनेको संख्या २८ पुगेका छ ।

प्रकाशित मिति : ११ बैशाख २०७७, बिहिबार  ८ : ०२ बजे

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन

खानेपानीको सङ्कट झेल्दै चुरेफेदका मेनहर्वावासी

सिरहा । लहान नगरपालिका-१५ स्थित मेनहर्वा बस्तीका स्थानीय लामो समयदेखि

‘नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको छ’

काठमाडौं । नेपालले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको कठोर नीति अवलम्बन गरेको