१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

सत्यवती टोलको प्रथम अधिवेशन सम्पन्न, तुलाचनको अध्यक्षतामा नँया नेतृत्व चयन



बुटवल । बुटवल उपमहानगरपालिका वडा नं ११ स्थित सत्यवति टोल विकास संस्थाको दोस्रो साधारण सभा तथा प्रथम अधिवेशन सम्पन्न भएको छ ।

कार्यक्रमको वडा सदस्य माया दर्नालले उदघाटन गर्दै टोल संस्थाको अगुवाईबाट नगरको विकास हुने भएकाले पनि पालिकाले टोल विकासको क्रियाशिलतालाई मध्येनजर गरेर सम्मानका काम समेत गर्दै आएको बताईन ।

संस्थाका अध्यक्ष भिम केसीले घरबारविहिनहरुलाई ब्यवस्थापित गर्ने काम संस्थाको अग्ररतामा भएको बताए । सरकारबाट अब्यवस्थित बसोबासीप्रतिको सोचमा परिवर्तन आउन नसकेको दुखेसो गर्दै भोट बैक बनाउने प्रथामात्र हुँदै आएको दुखेसो गरे ।

टोलबासीहरुलाई समाजप्रति उत्तरदायी बनाउदै सचेतना जगाउने, समस्यामा परेका ब्यक्तिलाई सहयोग गर्ने काम गर्दै आएको उनले बताए । टोलका बासिन्दाहरुका बिचमा द्वन्द चर्काएर समस्यालाई ओझेलमा पार्ने काम भएको उनले गुनासो गर्दै यसप्रति सबै सच्त हुनुपर्ने बताए ।

समाजसेवी राजेन्द्र ढकाल, बुद्घभुमि ट्याक्सि ब्यवसायी अध्यक्ष विष्णु काफ्ले, पवित्र नगर टोल विकास संस्थाका अध्यक्ष दुर्गा रानाथोक, रोटरी क्लब अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष केसी, लियो क्लब अफ बुटवल सिद्घबाबाका सचिव सनिल गुप्ता, दामने रसुल मुस्लिम सेवा समितिका अध्यक्ष मोहमद कलिम, संस्थाका सचिव श्याम तुलाचनले पिछडिएका बस्तिमा स्वस्थ्य, सरसफाईका क्षेत्रमा धेरै संघसंस्थाहरुसंग विभिन्न रचनात्मक कार्यक्रम गरिदै आएको बताए । अब्यवस्थित बसोबासीका रुपमा रहेको सो क्षेत्रमा ३ सय ९६ घरधुरी रहेका छन ।

अधिवेशनबाट श्याम तुलाचनको अध्यक्षतामा नया नेतृत्व चयन भएका छन । जसको उपाध्यक्षमा सावित्री कंडेल, सचिव विष्णु काफले, सहसचिव दयाराम भुषाल, कोषाध्यक्ष राम बहादुर रोक्का तथा सदस्यहरुमा सुमित्रा ज्ञवाली, बलराम पाण्डे, ओम भट्टराई, सावित्री गौतम, कलमनाथ केवट, मोहमद कलिम चयन भएका छन ।

प्रकाशित मिति : ९ आश्विन २०७८, शनिबार  ५ : ५० बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू